सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । 

आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । 

प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणाअनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवाको सङ्कलन तथा उत्खनन् गर्नसमेत उहाँले निर्देशन दिनुभयो । 

vlcsnap-2024-06-16-19h13m14s945

ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खनन्ले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री दाहालले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेकोले सम्पूर्ण निकाय यसप्रति गम्भीर हुन आग्रह गर्नुभयो । 

०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको प्रधानमन्त्री दहालले वताउनुभयो । 

नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको छ । चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले दाहालले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गर्नुभयो । 

नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा चुरे पर्वत फैलिएको छ । त्यस मध्ये सबैभन्दा बढी ९ प्रतिशतले वर्षेनी सिरहामा वन फडानी भइरहेको छ । त्यसैले पनि यस क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको आयोजकले जनाएको छ । 

त्यसबेला मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वन तथा वातावरण मन्त्री नवल किशोर साह, मधेश प्रदेश मुख्य मन्त्री सतिष कुमार सिंह लगायतको उपस्थिति रहेको थियो । 

vlcsnap-2024-06-16-19h10m46s121vlcsnap-2024-06-16-19h15m25s414vlcsnap-2024-06-16-19h15m57s067vlcsnap-2024-06-16-19h11m03s579