X wada

मुख्य समाचार

    Showing २,६२१-२,६३० of २,९६८ items.
  • नक्कली सुन देखाउँदै सक्कली लुट्दै

    गोरखा,कार्तिक ३० गते – गोरखा बजार आएकी भीमसेन थापा गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई लुटपाट गर्ने उद्देश्यले केही व्यक्तिहरुले पछ्याउछन् । हरमटारी आसपास आइपुगेपछि एकजनाले सुन जस्तो देखिने पहेलो धातुको ढिक्का ती महिलाले देख्ने गरी भुइँमा खसाउँछ तर, खसेको थाहा नपाएको जस्तो नाटक गरेर त्यहाँबाट जान्छ ।महिलाले सुन ठानेर त्यसलाई हत्तपत्त टिप्छिन् । त्यो क्रियाकलाप लुटपाट गर्ने गिरोहमध्येको अर्कोले हेरिरहेको हुन्छ अनि ती महिलालाई पछ्याउन थाल्छ । केही पर पुगेपछि ‘त्यो सुन खसाउने मान्छेलाई मैले चिनेको छु, केही भाग मलाई पनि दिनुस् नत्र म उहाँलाई भन्दिन्छु’ भनेर बार्गेनिङ गर्न थाल्छभीडभाड भन्दा अलि पर

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १०६ पटक पढिएको
  • सिरहाको गोलवजारमा जिल्ला स्तरीय तेक्वान्डो सुरु, आजै सम्पन्न हुने

    सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।सिरहाको गालवजारमा भईरहेको  तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२  केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १७७ पटक पढिएको
  • बन्दले जनजीवन प्रभावित

    तानसेन,कार्तिक ३० गते – नेत्रविक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण पाल्पाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ। नेकपा विप्लप पक्षले पेट्रोलिम पदार्थको मुल्यवृद्धिको विरोधमा आज देशव्यापी गरेको बन्द गरेको हो। मंगलबार पाल्पाबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल, तानसेन तम्घास सडकहरु पनि सुनसान छन्। कोभिडको कारण लामो समय बन्द भई सञ्चालनमा रहेका शैक्षिक संस्थाहरु र साथै घरेलु तथा साना उद्योग, बजार पसलहरुसमेत बन्द छन्।सरकार तथा गैर सरकारी क्षेत्रबाट भएको सबै किसिमको मुल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने, बजार नि

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ७७ पटक पढिएको
  • आफ्नै दाइको हत्या गरेको अभियोगमा एक जना पक्राउ

    ईलाम,कार्तिक ३० गते – आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ७७ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    सिरहा,कार्तिक ३० गते–सिरहाको कल्यापुर नपा बाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।१५ वर्षीया किशोरी आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेको थियो । जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको प्रहरीले बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले किशोरलाई सोमबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १०८ पटक पढिएको
  • प्रधानन्यायाधीशको राजिनामा माग गर्दै जिल्ला अदालत अगाडि धर्ना

    सिरहा, कार्तिक ३० गते ।सप्तरीमा कानुन व्यवसायीहरु जिल्ला अदालत राजविराजमा धर्नामा बसेका छन् ।प्रधनन्यायधीश चोलेन्द्र शमशेरको राजिनामा माग गर्दै सोमवार हातमा कालाो पटी बाधेर जिल्ला बारएशोसियन सप्तरीको नेतृत्वमा धर्नामा बसेका हुन् ।नेपाल बारएशोसिसयन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाईमा १ घण्टा जिल्ला अदालत राजविराजको मुल गेटमा विहान ११ वजे देखि १२ वजे सम्म धर्नामा बसेका थिए ।नेपाल बार एशोसियनको पूर्व निर्धारित कार्यक्रमलाई समर्थन जनाउदै आन्दोलनमा एकतावद्ध जनाउदै दोस्रो दिनको कार्यक्रमलाइ पनि निरन्तरता दिएको अध्यक्ष साहले जनाउनु भयो ।आज  पनि जिल्ला अदालतको मुल गेटमा १ घण्टा धर्ना बस्ने कार्य

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १३० पटक पढिएको
  • ६ बन्दकर्ता पक्राउ

    पूर्वी नवलपरासी,कार्तिक ३० गते – पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ। चोरमारा बजारमा मंगलबार बिहान बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिए। पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, वीरबहादुर थापा मगर छन्। त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको एसपी मल्लले जानकारी दिए। उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन्।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले बन्दकोआव्हान गरेको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ११९ पटक पढिएको
  • हरिबोधिनीको समाप्ति, हवन गरी नुहागी पर्व मनाइँदै

    सिरहा,कार्तिक ३० गते  – आज हरिबोधिनी एकादशीको ब्रत पारायण गरिँदैछ । एकादशी सकिएपछि द्वादशीमा ब्रत पारायण गर्ने हिन्दुहरुको चलन छ । हरिबोधिनी एकादशीको भोलिपल्ट घरमा वर्षभरि गरिएको पूजाआजाको मनोरथ पाउन तुलसीको हवन (होम) गर्ने परम्परा रहेको छ ।आज पूजाआजा सकी नेपाली हिन्दुहरु नुहागी खाने गर्दछन् । पहाडका हिन्दुहरु नुहागीलाई नयाँ चामल खाने वा नयाँ अन्न खाने दिनका रुपमा पनि लिने गर्दछन् । यसमा विशेष गरी दही चामल खाने चलन रहेको छ ।हरिबोधिनी एकादशीमा औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी  आज कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशी पर्व सकिएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् व

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ११३ पटक पढिएको
  • आगलागी बाट २१ घर जले

    मुगु,कार्तिक ३० गते – गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छन्। राराछायानाथ नगरपालिका–१ पुरानो गमगढी बजारमा सोमबार मध्यराति आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए।अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए। स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ। रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षेति भएको उनले जानकारी दिए। राति साढे १२ बजेत

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १५२ पटक पढिएको
  • एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर

    सिरहा, कार्तिक २९ गते । सिरहाको धनगढीमाइ नगरपालिका वडा नं. ८ मा भुटाई यादव लगायत एक दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक साता अघि धनगढीमाई नगरपालिका वडा नं.५ तैंतिस विगहाबाट पनि एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी  गएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भुटाई यादव वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासी उम्मेद्वार हुन् भने राम आधार यादव वडा नं. ९ का वडा सदस्य प्रत्यासी उम्मेद्वार हुन् । नव प्रवेशीहरुलाई नेकपा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ४४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२