X wada

मुख्य समाचार

    Showing १,९७१-१,९८० of २,९६८ items.
  • बेहुला चढने रथबाट कुल्चिएर २ जनाको मृत्यु

    वीरगञ्ज,माघ ११ –  बेहुला बोक्ने रथले किचेर बारामा २ जनाको ज्यान भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराती बेहुला बोकेर निस्केको जन्तीमा रहेको रथ अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । घटनामा अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।प्रहरीका अनुसार रथ अचानक तिव्र गतिमा कुद्दा रथको अगाड

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २१९ पटक पढिएको
  • हत्यामा संलग्न ५ जना पक्राउ

    पर्सा,माघ ११ गते – जगरनाथपुर गाउँपालिका– ६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका(६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् । उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जगरनाथपुर गाउँपालिका– ६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १६२ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

    काठमाडौं,माघ ११ गते –  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।कहाँ–कहाँ छन् मतदान स्थ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १३७ पटक पढिएको
  • मधेश प्रदेशमा ४४ प्रतिशतले लगाए खोपको पूर्ण डोज

    सिरहा,माघ ११ गते – कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् ।साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् । मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५।५, बारामा ४९।४, धनुषामा ४९।१, पर्सामा ४३।८, सप्तरीमा ४२।७ प्रतिशत, सिरहामा ४०।७, महोत्तरीमा ३५।४ र रौतहटमा ३४।७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका हुन् ।त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटेक

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १८१ पटक पढिएको
  • मूर्ति बनाएर मनग्य आम्दानी

    लाहान, माघ १० गते । माटोका विभिन्न मूर्तिजन्य सामग्री बनाएर गुजरा गर्ने लहानका कुम्हाल समुदाय अहिले सरस्वतीमाताको मूर्ति बनाउन व्यस्त छन् । परम्परागत पेशालाई अहिले पनि निरन्तरता दिइरहेका कुम्हाल समुदाय आफ्नो पुर्ख्याैली पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।लाहान ४, ६ र ८ नम्बर वडामा १५० घर रहेका कुम्हाल समुदायका महिला पुरुष आफ्नो पुख्र्यौली पेशा माटोको विभिन्न सामग्रीहरु बनाएर आफ्नै गाँउ ठाँउमा कमाई गरिरहेको स्थानीय रामबाबु पण्डितले बताउनुभयो । एसएलसी उत्तीर्ण गरेपछि पढाइ छाडेर मुर्ति बनाउन लागेको उहाँले बताउनुभयो । वर्षभरिमा माटोको मूर्ति बनाएर चार लाखसम्म कमाइ भइरहेको उहाँको भनाइ छ

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १२४ पटक पढिएको
  • ज्वालामुखी विस्फोटको असर होइन प्राविधिक कारण स् सेवा प्रदायक

    काठमाडौं,माघ १० गते । दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोट असर नेपाली इन्टरनेटमा नपरेको नेपालका इन्टरनेट सेवा प्रदायकले जनाएका छन् ।केही दिन अघि महासागरभित्र ज्वालामुखी विस्फोट हुँदा समुन्द्रमुनिका केवलहरुमा समस्या आएको बताइएको थियो ।मुख्य रुपमा नेपालमा प्रयोग गरिने इन्टरनेट भारतबाट ल्याइने भएकाले दक्षिण प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटको असर नेपाली इन्टरनेटमा नपर्ने सेवा प्रदायकले जनाएका छन् ।सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । तर, समुन्द्रमुनि आएको ज्वालाम

    • प्रकाशित मितिः माघ १०, २०७८
    • ९९ पटक पढिएको
  • प्रहरी हबल्दार सहित १३ प्रहरी सम्पर्कविहीन

    काठमाण्डौ,माघ १० गते । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, स

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १०८ पटक पढिएको
  • सेमी फाईनलमा सलहेश युवा क्लवको जित

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । सिरहाको धनगढीमा नगरपालिका वडा नं.४ रियल स्टार फुटबल क्लव सिरहाद्वारा आयोजना भइरहेको फुटबल खेल प्रतियोगितामा आज आइतबार एपीएफ वर्दिवासलाई एक गोलका विरुद्ध दुई गोलले सलहेश युवा क्लव सिरहाले जित हासिल गरेको छ ।  धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित राजदेवी मन्दिरको प्रांगणमा संचालन भइरहेको फुटबल प्रतियोगितामा भोलिको खेल आयो गोर्खाली महोत्तरी र आयोजक टिम स्टार फुटबल क्लव धनगढीमाई नगरपालिका ४ बीच हुनेछ ।  माघ ५ गते शुरु भएको खेलको समापन खेल माघ १३ गते हुने जनाइएको छ । प्रदेश नं. १ र मधेश प्रदेश अन्तर्गतका सिरहा, सप्तरी, उदयपुर, ईटहरी, बर्दिवास लगायतका ८ वटा ख

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ४२६ पटक पढिएको
  • सेनेटरी प्याड वितरण

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । महिनाबारी भएको बेला किशोरी छात्राहरु विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यले नियमित  रुपमा धनगढीमाई नगरपालिकाले वितरण गरिंदै आएको सेनिटरी प्याड आज पनि वितरण गरिएको छ ।  विद्यालयमा सेनिटरी प्याडलाई कमी हुन नदिने उद्देश्यले धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभरि रहेका चौध वटा निमावि र मा.वि.लाई वितरण गरिएको हो । वितरित सेनिटरी प्याड प्रयोग गरिएपछि विद्यालयले सुरक्षित रुपमा व्यवस्थापन गर्न सबै विद्यालयलाई आग्रह गर्नुभयो । स्वच्छ महिनावारी, हामी सबैको जिम्मेवारी मुल नारा लिई शिक्षा यूवा तथा खेलकुद शाखाद्वारा विद्यालयहरुलाई नियम

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २२२ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन: मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह

    काठमाण्डौ,माघ ९ गते ।  माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२