अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह
जलेश्वर,माघ १८ गते – महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो । मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि
काठमाडौं,माघ १७ गते – सरकारले अभिलेखमा नरहेको कोरोनाविरुद्धको २४ लाख मात्रा खोप खोजी गर्न छानबिन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा। गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।समितिलाई खोप अभिलेख विवरण अध्यावधिक गर्ने अख्तियारी दिइएको छ । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खोप अभिय
सर्लाही,माघ १७ गते – लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार लालबन्दी नगरपालिका(८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ गरेका हुन् ।प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो
काठमाडौं,माघ १७ गते – बौद्धबाट अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ जना महिलासहित ७४ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको हो ।कोभिड–१९ महामारीमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको अवस्थाबाट प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको छ ।
झापा,माघ १७ गते – जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकार
कञ्चनपुर,माघ १७ गते – लालझाडी गाउँपालिका– २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बारा,माघ १७ गते – प्रसौनी गाउँपालिका– २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका– १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका– ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् । उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट,
सिरहा,माघ १७ गते – संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा। दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको हिजो आइतबार काठमाडौँमा निधन भएको हो ।कोरोना संक्रमित डा। थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो । साथै ३ दिन अगाडि साइड इफेक्ट भई थापालाई अस्पतालमा सघन उपचार गरिएको थियो ।उनी अर्घाखाँची क्षेत्र नं। २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।
सिरहा,माघ १७ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार ८ सय तोकिएको छ। अधिल्लो दिन पहेँलो सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.