काठमाडौं,माघ १७ गते – सरकारले अभिलेखमा नरहेको कोरोनाविरुद्धको २४ लाख मात्रा खोप खोजी गर्न छानबिन समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा। गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।
समितिलाई खोप अभिलेख विवरण अध्यावधिक गर्ने अख्तियारी दिइएको छ । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खोप अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले सार्वजनिक गरेको थियो। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य सचिव डा।रोशन पोखरेलले खोप रेकर्डमा नरहेको बताएका थिए




















