काठमाडौ,फागुन १५ गते – आज २४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय स्वास्थ्य सेवा दिवस बनाउन लागेको छ । मन्त्रालयले स्वास्थ्य मन्त्रालय प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालय परिषरमै निशुल्क स्वास्थ्य शिविर हुदैछ । स्वास्थ्य शिविरका लागि भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको केन्द्रका स्वास्थ्यकर्मीहरु आउनेछन् । गुणस्तरीय स्वास्थ्य सेवा र हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नेपालभरि विभिन्न सचेतना कार्यक्रमसहित मनाइँदै छ । २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्व
जनकपुर,फाल्गुन १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरमा दुधको मूल्यमा एकरुपता पाइँदैन । बजारमा फरक–फरक मूल्यमा दुध पाइने गरेको उपभोक्ता बताउँछन् । व्यापारीहरुले मूल्यमा एकरुपता नदेखिनुमा गुणस्तर र शुद्धता मुख्य कारक रहेको तर्क गर्दै आएका छन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् भने तुलनात्मक रुपमा केही सस्तोमा दुध विक्री गर्दै आएका व्यवसायीहरु भने बजारमा पानी नमिसाएको दुध नै नपाइने दाबी गर्दछन् ।जतिसुकै मूल्य तिरे पनि शुद्ध दुध नपाइने महोत्तरी गाउँपालिका वडा नम्बर १, पर्सा बस्ने सर्वोत्तम ठाकुर बताउँछन् । उनले भने, ‘दुध बेच्नेले ८० रुपैयाँ
सिरहा,फागुन १५ गते –सत्तासीन नेपाली काँग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ ।सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए
काठमाडौं,फागुन १५ गते – गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले २७ फेब्रुअरीलाई विश्व गैरसरकारी संस्था दिवस मनाउने निर्णय गरेको थियो। सन् १९४५ मा यूएनओको च्याप्टरको एक अनुच्छेदमा पहिलोपटक ‘गैरसरकारी संगठन’ शब्द परेको थियो। पछि, त्यसैलाई थप व्याख्या गर्दै समाज विकासमा गैरनाफामुलक कार्यमा संलग्न संस्था भनियो। त्यसयता विश्वमा गैरनाफामुलुक संघसंस्थाले प्रश्रय पाए। आज विश्वमा यस्ता लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन्। समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन गरिररहेको छ। समाज कल्या
सर्लाही,फागुन १५ गते – प्रहरीले सर्लाहीको बागमतीबाट कुटपिट मुद्दाका फरार एक प्रतिवादी दम्पतिलाई पक्राउ गरेको छ ।सर्लाही जिल्ला अदालत मलंगवाबाट जरिवानाको फैसला सुनाइएका बागमती नगरपालिका–२ का ४० वर्षीय विजय चौधरी र निजकी श्रीमति ३५ वर्षीया सुनिता देवी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय हरिवनबाट खटेको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान १० बजे बागमती नपा–२मा रहेको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सो दम्पतिलाई कानूनबमोजिम जरिवाना असुल उपर गर्न जिल्ला अदालत मलंगवामा पेश गरिएको सूचना अधिकारी
सिरहा,फागुन १५ गते – सर्प यो नाम सुन्नेबित्तिकै हामी सबैको आङ जिरिङ्ग हुन्छ। यो एक विषालु जीव हो। पृथ्वीमा पाइने अन्य जीवभन्दा यसको विष सबैभन्दा खतरनाक हुन्छ। बर्सेनि हजारौं मानिस यसको टोकाइबाट मरिरहेका छन्। जानौं सर्पका बारेमा केही रोचक तथ्य।– पृथ्वीमा लगभग ३ हजार सर्पका प्रजाति छन् । जसमध्ये ७५० विषालु पाइएका छन्। तीमध्ये पनि २५० प्रजातिले मात्रै मानिसलाई टोक्छन्। यिनीहरू मसाहारी जीवमा पर्छन्। – सर्प देख्दा लाग्ने डर संसारभर व्याप्त छ। जसलाई ओफियोफोविया भनिन्छ। – सर्पको काटिएको टाउकाले केही घन्टासम्म पनि टोक्न सक्छ। – एउ
काठमाडौं,फागुन १५ गते – एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीको पुरक प्रस्तावको ड्राफ्टलाई केहिबेरमा बस्ने गठबन्धनको बैठकले मूर्तरुप दिएपछि संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी रहेको छ। ससद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बैठक बस्दैछ। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा बैठ
रौतहट,फागुन १५ गते – गौर राइस मिलको जग्गाको बिक्री गर्ने प्रयोजनका लागि नक्कली कागजात सिफारिस गर्नेमाथि स्थानीय प्रहरी प्रसाशनले हाल सम्म कारवाही अघि बढाउन सकेको छैन ।सार्वजनिक रुपमा प्रयोग हुँदै आएको मिलको नाउंमा दर्ता रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गाको मालपोत रजिष्ट्रेशन प्रक्रियाको लागि गौर नगरपालिका– १ का वडा सचिवले वडा नम्बर ३ का वडा सदस्य लाल महमदको दवावमा किर्ते घर बाटो प्रमाणितको कागजात तयार पारेको सार्वजनिक रुपमा स्वीकार गरे पनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालय रौतहटले कुनै कारवाही अगाडि बढाएको छैन । गौर नपा–१ का वडा सचिव विनोद पासवानले रक्सी खाएको बेला झुक्याएर सिफा
दाङ्ग,फाल्गुन १५ गते । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा ९माओवादी० का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालय
भरतपुर, फागुन १५ गते । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको व
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.