X wada

मुख्य समाचार

    Showing १,०४१-१,०५० of २,९६८ items.
  • भवन निमार्णको लागी सहयोग गर्ने मेयर चौधरी

    सिरहा,असार ८ गते । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले पत्रकार महासंघको भवन लहानमा निमार्ण गर्न सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष मनोज बनैता यादवले मंगलबार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई लहानमा महासंघको भवन निर्माणका लागि सहयोग गर्न लिखित रुपमा पत्र दिदै आग्रह गरेको छ नवनिर्वाचित नगर प्रमुख चौधरीले नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवन लहानमा निर्माण सहयोग गर्ने प्रतिवद्धता गरेका छन । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको शाखाको आफ्नै भवन बनाउन नगरपालिक

    • प्रकाशित मितिः असार ८, २०७९
    • ५४९ पटक पढिएको
  • गाउँपालिका द्वारा करार कर्मचारी हटाउने निर्णय

    सप्तरी,असार ८ गते । सप्तरीको बलानविहुल गाउँपालिकामा करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको छ । बालनविहुल गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अबधि नथप्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष यादवले भने, साउनदेखि करारमा कार्यरत कर्मचारीको सेवा अबधि समाप्त हुनेछ, कार्यपालिकाको दुई तिहाई बहुमतबाट भएको निर्णयलाई गाउँसभाबाट पारित गर्छौं । अध्यक्ष यादवले नयाँ करार कर्मचारी भर्ना सम्बन्धमा कुनै निर्णय नभएको जानकारी समेत दिए ।अहिले गाउँपा

    • प्रकाशित मितिः असार ८, २०७९
    • ३६० पटक पढिएको
  • यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सिरहा,असार ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारणऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ।तत्कालीन कार्यालय प्रमुख सम्बर

    • प्रकाशित मितिः असार ८, २०७९
    • २३६ पटक पढिएको
  • उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा

    धनगढी,असार ७ गते । सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल, दुग्धजन्य वस्तु लगायतको मूल्य एकाएक बढ्दा यपभोक्ता मारमा परेका छन् ।कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महंगी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिक गुजारा चलाउन मुस्किल हुन थालेको स्थानीय भनाई छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर छोइ नसक्नु भएर गुजारा चलाउनै मुस्किल भएको धनगढी २ सन्तोषीटोलका नित्यानन्द जोशीले बताए । जोशीले भने–‘आम्दानी बढेको छैन, खर्च दिनकै बढेको छ ।’जोशीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको कारण भान्साको

    • प्रकाशित मितिः असार ७, २०७९
    • १४१ पटक पढिएको
  • सलहेशको विवाहमण्डपमा विवाह गर्न मान्दैनन्

    सप्तरी,असार ७ गते । सप्तरीको शम्भुनाथ मन्दिर परिसरमा सलहेश को विवाहमण्डप हुँदा पनि बरन्डामै विवाह गरिँदै आएको छ । प्रसिद्ध धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरभित्र सलहेश विवाहमण्डप बनाइएको वर्षौँ बितिसक्यो । यहाँ दैनिक रूपमा एकभन्दा बढी जोडीको विवाह हुने गरेको छ । सामान्यतया अन्य मन्दिरमा हुने विवाहको सम्पूर्ण विधि विवाहमण्डपमा सम्पन्न गरिन्छ तर शम्भुनाथ मन्दिरमा मण्डप हुँदाहुँदै पुरोहितले नै वैवाहिक सबै कार्यक्रम मुख्य मन्दिरको बरण्डामा गराउँदै आएका छन् । जिल्लाका पूर्व सांसद रामप्रित पासवानकोे संसदीय विकास कोषको रकमबाट बनाइएको उक्त विवाह मण्डप दुसाध जातिको कुलदेवता राजा सलहेशको नाम लेखेक

    • प्रकाशित मितिः असार ७, २०७९
    • १८२ पटक पढिएको
  • स्वस्थ शरीरका लागि योगको ठूलो महत्व छ ः प्रधानमन्त्री देउवा

    काठमाडौं, असार ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्नुभयो ।प्रधानमन्त्री देउवाले भन्नुभयो, “नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल

    • प्रकाशित मितिः असार ७, २०७९
    • २३७ पटक पढिएको
  • फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल १९९ पुग्यो

    काठमाडौं, असार ६ गते । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो। निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९  र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

    • प्रकाशित मितिः असार ६, २०७९
    • २४३ पटक पढिएको
  • बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

    सिरहा,असार ५ गते । आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए ।प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने उनले बताए । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले

    • प्रकाशित मितिः असार ५, २०७९
    • १९८ पटक पढिएको
  • सिरहामा ५ दर्जन बढी बस्ती डुवानमा

    सिरहा,असार ५ गते ।  मनसुन सक्रिय हुँदा वर्षा र बाढीले सिरहाका ६३ बस्ती जोखिममा पर्नसक्ने देखिएको छ ।  जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रतिवेदनले कमला, बलान नदीका साथै स्थानीय खोलाबाट आउने बाढी र वर्षाको पानीका कारण सिरहाका ६३ स्थान डुबानको जोखिममा पर्न सक्ने आकलन गरिएको छ । समितिको प्रतिवेदनका अनुसार, जोखिममा पर्ने बस्तीहरूमा पटहेर्वा, खैरटोका, लचकाटोल, गम्हरिया, फूूलबरिया, खर्सलवा, मानपुर, रमौल, बसबिट्टा, कठकोलवा, महराटोल, पासमान टोल, सारस्वर, मुसहरीटोल, मन्दिरटोल, हटियाटोल, चतरी, दोनवारी, इटारी, प्रसाही, चिकना, निर्दना, भोक्राहा, टी

    • प्रकाशित मितिः असार ५, २०७९
    • १३६ पटक पढिएको
  • पुर्ण साक्षर नगर प्रमुख बनाउँछौं ः नगरप्रमुख चौधरी

    राजविराज, ३ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता  चौधरीले पुर्ण साक्षर नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  एसआइएल ईन्टरनेशनको सहयोग तथा सप्तरीको सुरूङ्गा नगरपालिकाको समन्वय मा रूपान्तर नेपालद्वारा सुरूङ्गा नगरपालिकाको मधुपट्टीमा आयोजित मध्य पूर्वीय थारू साक्षरता परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख चौधरीले नगरक्षेत्रभित्र साक्षरता अभियान चलाएर पुर्ण साक्षर नगर बनाउने बताउनुभयो । “साक्षर नगर बनाउने आफ्नो दायित्वबाट पछि हट्दिन”, नगरप्रमुख चौधरीले भन्नुभयो,“साक्षरता अभियान चलाएर नगरलाई साक्षर नगर बनाई छाड्छौं ।”थारू भाषा लेखन शैल

    • प्रकाशित मितिः असार ३, २०७९
    • १७१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२