X Swastha nirdeshnalai

मुख्य समाचार

    Showing १-१० of २,६८० items.
  • लामाको २४ औं स्मृति दिवस

    वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित  २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • २४ पटक पढिएको
  • सलहेश मन्दिरमा चाेरी

    सिरहा,वैशाख १८ गते । सिरहाकाे लहान नगरपालिका वडा न.१२ र २२ मा पर्ने सलहेश फुलवारीकाे मन्दिरमा चाेरी भएकाे छ । धार्मीक वन सलहेश फुलवारीकाे मालिन  र सलहेश मन्दिरमा चाेरी भएकाे हाे ।रातीकाे समयमा चाेरले मन्दिरकाे ताला फुटाई दानपेटीकामा भएकाे नगद चाेरी लगेकाे मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जनाउनु भयाे ।उनका अनुसार साँझमा करीव ७ बजे फुलवारीबाट घर गए विहान मन्दिर खाेल्न आएकी पुजारी हजुरआमाले फाेन गर्दा थहा भयाे ।आएर हेर्दा दुवै  मन्दिरमा राखिएका  दानपेटीका फुटाई दान पेटीकामा रहेकाे अन्दाजि ४/५ हजार नगद चाेरले लगेकाे धामी सिंहले बताउनस भयाे । चाेरले मालिन गहवरकाे ताला हेक्स

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • ३७५ पटक पढिएको
  • शंखमुलको दोभान पुल नजिक आगलागी

    सिरहा,बैसखा १६ गते । काठमाडौंको शंखमूलमा आगलागी भएको छ ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • १२४ पटक पढिएको
  • जानकी मन्दिरमा चोरी, सुरक्षामाथि प्रश्न ।

    सिरहा,बैसाख १६ गते । हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए ९स्नेचिंग०पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामक

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • ११५ पटक पढिएको
  • तराईका यी स्थानमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन अनुरोध

    सिरहा,बैसाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा  सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • १२१ पटक पढिएको
  • धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    सिरहा वैशाख,१३ । जनकपुरधाम । धनुषाको औरही गाउँपालिका(१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • १४२ पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    सिरह,बैसाख १३ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबा

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • १२८ पटक पढिएको
  • महोत्तरीको मटिहानीमा भीषण आगलागी

    सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • १५५ पटक पढिएको
  • Braking news

    मटिहानी मा भिसन आगलागी भयेको छ । आगो नियन्त्रन गर्न गार्हो हुँदै । करिब ज्ञण्ण् भन्दा बढी घरमा आगो लागेको खबर छ ।मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछीमा अहिले करिब सयवटा घरमा आगो लागेको छ ।उक्त आगो मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेड क्रॉस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु द्वारा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • ७७ पटक पढिएको
  • जनकपुरको एक होटलमा युवक झुन्डिएको अवस्थामा मृत फेला

    सिरहा,वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पीडारीचोक स्थित नमूना होटेल एण्ड गेष्टहाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव मृत फला परेका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं। २०४ बुक गरेर बसेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।ढोका खुल्लै अवस्थामा कोठा खुल्ला नै थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परे

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • २८५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२