X Sharama Funecure

आर्थिक

    Showing १०१-११० of ५४४ items.
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    सिरहा, चैत १२ गते । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १९२ पटक पढिएको
  • ट्रेडमार्क दर्ताको क्रम बढ्दै

    काठमान्डौं,चैत ११ गते । कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३५ पटक पढिएको
  • वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

    जनकपुर,चैत १० गते । विश्व प्रसिद्ध जनकपुरधामस्थित जानकी मन्दिरमा विद्युतीकरणको नाममा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ ।अख्तियारको टोलीले बुधवार बिहान वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयवाट विद्युतीकरण सम्वन्धी फाइल नियन्त्रणमा लिइ जानकी मन्दिरमा भएको विद्युतीकरणको अनुगमनसमेत गरेको छ । वृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी राज ढुङ्गानाले कार्यालयमाथि परेको उजुरीको आधारमा कागजातहरु अख्तियारको टोलीले लिएर गएको बताए । मधेश प्रदेश सरकार उद्योग, पर्यटन

    • प्रकाशित मितिः चैत १०, २०७८
    • १५७ पटक पढिएको
  • बजार अनुगमन टोलीद्वारा म्याद गुज्रेको समान नष्ट

    राजविराज, ६ चैत । संयुक्त अनुगमन टोलीले राजविराजस्थित बिभिन्न पसलहरुबाट म्याद गुज्रेको खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाई घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले केही दिनअघि राजविराजका बिभिन्न पसलहरुमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।अनुगमनका क्रममा बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रेको मैदा, बेसन, तेल, बिस्कुट लगायतका

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १२६ पटक पढिएको
  • निर्वाचनका लागि करिब २७ करोडको सामग्री

    काठमाडौँ, चैत ६ गते । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १८० पटक पढिएको
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    सिरहा,चैञ २ गते । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६।३७ रुपैयाँले बढेको छ भने डिजेल २४।४९ र हवाई इन्धन १८।८९ रुपैयाँ बढेको छ ।  यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृ

    • प्रकाशित मितिः चैत २, २०७८
    • १९३ पटक पढिएको
  • चिठ्ठाको आशमा २९ लाख स्वाहा

    काठमाडौं,चैत्र २ गते । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा। जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् ।ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो । यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएको हो ।‘पहिले मलाई फ्रेन्ड रिक्वेस्ट आयो, परिचय भयो, नजिकको व्यक्तिजस्तै गरेर कुराकानी भयो, चिठ्ठा परेको भनेर जानकारी आयो, पछि विभिन्न चरणमा गरेर मलाई पैसा पठाउन भन्न थालियो,’ ती व्यक्तिले भने,

    • प्रकाशित मितिः चैत २, २०७८
    • १७५ पटक पढिएको
  • ‘निर्वाचनमा उम्मेद्ववारले ५ करोडसम्म खर्च गर्न पाउनुपर्छ’

    काठमाडौं,फागुन २७ गते –  केही राजनीतिक दलहरुले ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगमा राजनीतिक दलहरुसँगको छलफलमा केही दलहरुले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग राखेका थिए। चुनाव खर्चको सीमा वैज्ञानिक नभएको भन्दै उम्मेद्ववारको खर्च सीमा बढाउनुपर्ने बताएका हुन्।नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लिलामणि पोखरेलले बैठकमा कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका थिए। बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा उपयोगमा आउने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरुले आयोगलाई ध्यानाकर्षण गराएका थिए। सो क्रममा आयोगले छुट्ट

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २३४ पटक पढिएको
  • मोटरसाइकल चोरी आरोपित ६ जना पक्राउ

    झापा,फागुन २७ गते – झापाका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंज बिरखोर घर भई भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्दै आएका १९ वर्षीय मोहम्मद समिम पक्राउ परेको डीएसपी वसन्त पाठकले बताउनुभयो । सहनीले मोटरसाइकल चोरी गरी बिक्री–वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनको पिछा गरेको थियो । फागुन २३ गते द

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १२१ पटक पढिएको
  • व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

    काठमाडौं, फागुन २७ गते –  अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्र

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२