अनुभक्त चौधरीसिरहा,चैत्र २५ गते ।सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ छ घरियाबाट वेवारिसे अवस्थामा रहेको पचास बोरा सरकारी अनुदानको युरिया मल फेला परेको छ । विशेष सुराकीको आधारमा लुकीछिपी अनुदानको मल बाहिर लान लागेको सूचना पाएपछि छापा मार्दा उक्त अनुदानको युरिया मल फेला परेको हो । हालसम्म मल मेरो हो भन्ने कसैले दावी नगरेको जनाइएको छ । फेला परेको मल आज मिर्चैया नगरपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आवश्यक कानुनी प्रक्रिया पश्चात मल स्थानीय कृषकहरुलाई बाँड्ने मिर्चैया नगरपालिकाका कृषि तथा सहकारी प्रमुख धननज्य महतोले जानकारी दिनुभयो । रसायनिक अनुदानको युरिया मल हाहाकार
अनुभक्त चौधरी सिरहा,चैत्र १६ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित धनकुटे टोलमा मधेश प्रदेश सरकार अन्तरर्गत भौतिक पूवाधार विकास मन्त्रालयको पच्चिस लाख लागतमा सडक ढलान भएको छ ।पूर्वाधार विकास कार्यालय सिरहा मार्फत एक सय नव्वे मिटर लम्वाई, पाँच मिटर चौडाई र आठ ईन्चको मोटाईको पक्की ढलान भएको छ । वर्षाको बेला हिलो र सुख्खा मौसमको बेला धुलोको समस्या खेपिरहेको आफूहरुलाई सडक ढलानले सहज बनाएको स्थानीय अनिल सिंहले वताउनुभयो । वर्षाको बेला पानीले सडक हिल्लाम्मेको कारण एक ठाउँबाट अर्को ठाउँमा जान समेत निकै कठिनाई भइरहेको थियो । सडक ढलानले सहज भएको स्थानीय समुन्द्री महराको कथन रहेको छ ।&nbs
अनुभक्त चौधरीसिरहा चैत्र १४ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित धार्मिक तथा ऐतिहासिक स्थल राजदेवी पंचावती मन्दिरको संरक्षण र सम्बर्धनको लागि सबै एक जुट भएर लाग्नुपर्ने सहभागीहरुले वताएका छन् । समितिको १० औं साधारण सभाको उपलक्ष्यमा संघीय सांसद लीलानाथ श्रेष्ठले सिरहाको धरोहरको रुपमा रहेको राजदेवी पंचावती मन्दिरको संरक्षणको लागि आफूले यथाशक्य पहल गर्ने वताउनुभयो । ऐतिहासिक तथा सबैको आस्थाको केन्द्र रहेको पंचावती मन्दिरलाई विकास गर्न सके सिरहा जिल्लाको मात्र नभई देश विदेशमा समेत पहिचान हुने श्रेष्ठले उल्लेख गर्नुभयो । कार्यक्रममा सिरहा क्षेत्र नं. १ (क)
सिरहा, चैत्र १० गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थिति सगुन इँट्टा भट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । पोलेको इँटा निकाल्ने क्रममा भट्टाको पर्खाल भत्किएर भारतको पश्चिम बंगालकी महिमा वीवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा सोही स्थानका बबी विवी र ममता वीवी रहेको जनाइएको छ । उनीहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी गोलबजारले जनाएको छ । गोलबजार नगरपालिकामा दर्जनौ इँट्ट
सिरहा,चैत्र ९ गते । फलामे ढोकाको रुपमा लिईने एसईई परिक्षा २०७९ चैत १७ गतेदेखि हुन लागेको छ । सिरहामा यस वर्ष परिक्षामा १० हजार १ सय ५० सहभागि हुने भएको छ ।जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयल गरी चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो । जसमध्ये केन्द्रबाट प्राविधिक धारतर्फका तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाउनु भयो
काठमाण्डौ,चैत्र ९ गते । आगामी बैशाख १ देखि सरु हुने नाँया शैक्षिक सत्रका लागि पुस्तक छपाईको काम अन्तिम चरण पुगेकोे जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । काक्षा ६ देखि १० सम्म एक करोड ५० लाख थान पुस्तक छपाई गर्ने जिम्मेवारी पाएको केन्द्रले करिव दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेककोे जनक शिक्षाका प्रवन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । बहिरी जिललालाई प्राथमिकता दिएर छापीएका पाठ्यपुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम जारी रहेको निर्देशक झाले वताए ।केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुरयाई सकेकाले सरकारको योजना अनुसार नाँया शैक्षिक सत्रको सुरुवातमा विद्यार
काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी स
काठमाण्डौ,चैत्र ६ गते । नेपाल सरकारले रसायनीक मलखाद्यमा दिदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।रासायनिक मलको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले उल्लेख गरिन्।यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने नि
काठमाडौं,चैत ६ गते । शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छ । आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर विदाइ गरे । पूर्वराष्ट्रपति विद्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.