काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।

विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।

गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी सुविधा प्रदान गरिने प्रधान मन्त्री प्रचण्डले उल्लेख गर्नु भयो ।

नीतिगत र कानुनी रुपमा देखिएका समस्या सुल्झउन नेपाल सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।