सिरहा,जेठ १२ गते । सिरहा नगरपालिका वडा नं.२०को स्वास्थय चौकी लगडी गदियानीमा कर्मचारी नबस्दा सेबाग्रही मारमा परेका छन् ।वडा कार्यालय संगै जोडिएको स्वास्थ्य चौकीमा कास सहित ४ जना स्वास्थ्यकर्मी कर्मचारीहरु छन् तर उनीहरुको कार्यालय खोल्ने र बन्द गर्ने कुनै समय नै नरहेको स्थानियहरुको भनाई रहेको छ ।वडा कार्यालयमा नियमित कर्मचारी बस्छ तर स्वास्थ्य चौकीमा डाक्टर नबस्दा स्थानियहरु मारमा परेका छन् ।सिरहा जिल्लाको दक्षीणी भेगमा रहेको उक्त वडाको स्वास्थ्य चौकीमा प्राय कुनै कर्मचारी नबस्दा स्थानियलाई समस्या हुने गरेको स्थानियवासीको भनाई रहेको छ ।उनी टाउको दुख्ने रुघाखोकीको समस्याले २ बजे स्वास्थय चौकी पुग
महेशकुमार दास जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो । संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो । संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्न
सप्तरी, जेठ ६ गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं। १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अरूको समस्या जानेरसमेत बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन्। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसँग वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक व्यक्तिले ग
सिरहा,जेठ २ गते । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कर्मचारी र शिक्षकहरुलाई अभद्र व्यवहार गर्न थालेपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कार्यक्षेत्र भन्दा बाहिर गएर कार्यालयको समयमा प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको कार्यकक्षमा नै गएर उपमेयर महतोले रकम लेनदेनको आरोप लगाउँदै अभद्र व्यवहार समेत गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । आज कर्मचारी र शिक्षकहरुले उपमेयर रामचलितर महतोलाई ज्ञापन पत्र बुझाउँदै आरोप प्रमाणित गर्न वा प्रमाणित गर्न नसके सम्पूर्ण आरोप लगाएका शब्दहरु अबिलम्ब फिर्ता लिन अनुरोध गरेको छ । आइन्दा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प
सिरहा,बैशाख ३० गते । डिभिजन वन कार्यालय सिरहा,लहानले अबैध रुपमा लुकाई छिपाई राखेको साल काठ सहित कटर मेशिन बरामद गरेको छ ।डिभिज वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय लहानका वन कर्मचारीहरु अधिकृत देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले लहान न.पा. वडा नं. १९ कटहा स्थित अरुण यादबको घरमा झायल बनाउदै गरेको अबस्थामा २ थान झयाल,५ थान चौकस १ थान कटर मेसिन सहित अन्दाजी १ लाख बराबरको समान र काठ बरामद गरेका जमदार लखन झाले बताए ।बिशेष सुरारकको अधारमा खटिएको गस्तीटोलीले उक्त परिमाणको काठ बरामद गरी आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए ।
सिरहा,बैशाख २७ गते । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि–बजेटबारे छलफल भइरहेको छ ।आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।संसदमा बजेट प्रस्तुत गर्नुभन्दा
सिरहा,बैशाख २७ गते । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास
सिरहा, वैशाख २५ गते । तराई मधेशका सिरहा लगायतका जिल्लामा तापमान ४५ डिग्री सेल्सियस भन्दा बढी भएकोले यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । देशका तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय सिरहाले अनुरोध गरेको छ ।गर्मीका कारण तराई, मधेशका स्थानिय बजारहरुमा ब्यापारको कमि संगै स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । सिरहा
सर्लाही, वैशाख २४ गते । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् । सुरुमा केहीलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरूसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका–९ का किसान सीताराम यादवले गुनासो गर्नुभयो । “सुरुमा केही किसानलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानको पैसा दिन मिलले व
सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी याद
Copyright © 2021 / 2025 / purbanchalexpress.com / All Rights Reserved.