सिरहा,असोज १९ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले जैविक विविधता संरक्षणको लागी सर्प उद्धार तथा पुनर्बास सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मिथला वल्डलाईफ ट्रष्ट धनुषाका अध्यक्ष तथा नेपाल सर्प उद्धार तथा वन्यजन्तु बिज्ञ देब नारायण मण्डलको सहकार्यमा जिल्लाका वनकर्मी तथा सशस्त्र वन रक्षकहरुलाई एक दिने प्रशिक्षण दिईएको बताए ।
डिभिजन वन कार्यालय सिरहा लहानका सशस्त्र वन रक्षक टोलीहरुले स्थानिय स्तरबाट २ दर्जन भन्दा बढी सर्प उद्धार गर्दै आई रहेको डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।
प्रमुख झाका अनुसार यस कार्यालमा दिनहु सर्प उद्धारको लागी फोन आउने गरेको र यस कार्यालयका कर्मचारीहरुले सफल तरिकाबाट उद्धार गर्दै आएपनि अनुभबको अधारमा उद्धार गदै आएको बताए ।
उक्त प्रशिक्षणमा सर्प उद्धार कसरी गर्ने तथा सर्प प्रजातिका बारेमा बिस्तृत जानकारी गराएको वन अधिकृत गंगा प्रसाद यादबले बताए ।
प्रमुख झाका अनुसार सर्प उद्धार कार्य गर्नको लागी कुनै बजेटको ब्यवस्था नरहेपनि वन कर्मी साथीहरु हाल सम्म जिल्लाको बिभिन्न स्थानबाट ६० भन्दा बढी सर्पलाई उद्धार गरेको बताए ।

मधेश प्रदेशमा नै यो पहिलो डिभिजन वन कार्यालय हो जुन सर्प उद्धार गर्दै आएको हो सो कार्यलाई निरन्तरता दिन बजेट आवश्यक रहेको र सिरहा जिल्ला जस्तै प्रत्येक जिल्लामा सर्प उद्धारका लागी डिभिजन वन कार्यालय मार्फत बजेटको ब्यवस्था गरी तालिम दिई सर्पलाई ब्यवस्था गर्न जरुरी रहेको प्रमुख झाले बताए । यसका लागी हामी मन्त्रालयमा बजेटको माग गरेको बताए ।



















