सिरहा,साउन २८ गते । सिरहा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई छुट्टाछुटै स्थानबाट  पक्राउ गरेको छ ।

बरियारपट्टी गाउँपालिका वडा नं। २ खोक्सी टोल स्थितबाट २६ गते शम्भु साह सुडीले पार्किङ गरी राखिएको  स.१० प २४५९ नम्बरको मोटरसाईकल चोरी गरी भागदै गरेको अवस्थामा पक्राउ गरेको छ । 

सिरहको  धनगढीमाई नगरपालिका वडा नं.८ कसहा  बस्ने  जिवछ यादवको छोरा बर्ष १९ को रतन कुमार यादवलाई औरही गाउँपालिका वडा नं. ५ वाट नियन्त्रमा लिएको । ,

त्यसै गरी  गोलवजार नगरपालिका वडा नं. ४  वस्ने जगरनाथ दासको स.८प ८२१२ नम्वरकेको कालो रंगको पल्सर मोटरसाईकल सायन २४ गते चोरी भएका थिए ।

प्रहरीले खोजतलाश गर्दै जादा सोही ठाउ बस्ने धिरज कुमार यादवलाई ईलाका प्रहरी कार्यालय महेसपुर पतारी तथा मातहत समेतवाट खटिएको प्रहरी टोलीले मोटर साईकल सहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

निजहरुलाई औरही गाउँपालिका वडा नं ५ वाट मोटरसाईकल सहित नियन्त्रणमा लिई  सिरहा जिल्ला अदालतबाट म्याद थप गरी   अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।