राजविराज, १२ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा विद्यालयमा बालअधिकार र जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित कन्त चन्द्र माध्यमकि विद्यालय र तरहीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यालयमा गठित बालकल्बका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

द फ्रिडक फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा सम्पन्न सो कार्यक्रममा पत्रकार श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरी, राजु विश्वकर्मा, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले बाल अधिकार र जलवायु परिवर्तनको असर  लगायतका बिषयमा सहजीकरण गर्नुभयो ।