सिरहा,माघ २३ गते ।  डिभिजन वन कार्यालय सिरहा,लहानले सामुदायिक वन भित्र अबैध रुपमा वन क्षेत्र उत्खन्न गरी विक्रि वितरण गरी वन क्षेत्रमा हानी नोक्सानी गरेका विरुद्ध अनुसन्धान जारी गरेका छन् ।

गोलबजार नगरपालिका १० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैधरुपमा माटो तथा ग्राभेल उत्खननगरी विक्रि गरेको स्थानीयहरुबाट थाँहा पाए लगतै वन कार्यालयले अनुसन्धान सुरु गरेको डिभिजनल वन अधिकृत शैलेन्छद्र कुमार मिश्रले बताउनु भयाे । 

स्थानीयले वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गकै संलग्नतामा गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्म बाटो निर्माण कार्यागरिरहेका कम्पनीलाई बन फडानी गरेर माटो तथा ग्राभेल विक्रि गर्दै आएकोले कार्वाहीको माँग गर्दै वडा कार्यालय निवदेन दिएका छन्। 

रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवाको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिप्फरमा ओसार्ने गरिएको र सोही क्रममा एक अन्टेस्ट जेसीबी नियन्त्रणमा लिई स्थानीयहरु वडा कार्यालय मार्फत प्रहरीमा जिम्मा लगाईएको छ। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै रोहवरमा चुरे उत्खनन् गराउँन तल्लीन रहेको स्थानीयहरु बताउछन् । 

उत्खननको क्रममा ढलेको सालको रुख पनि टिप्फरमा लोडगरी स्थानीय काष्ठ उद्योगहरूमा बिक्री हुने गरेको स्थानियहरुको आरोप रहेको छ ।

WhatsApp Image 2025-02-06 at 12.03.07 PM

स्थानीयले अध्यक्ष तामाङ्गले गैर कानुनी रुपमा वन मासेर ग्राभेल विक्रिगरेकाले कानुनी कर्वाहीको माँग गरेको छ। सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई पत्राचार गरेको वडा अध्यक्ष उपेन्द्र मुखियाले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय लहान सिरहाका डिभिजनल प्रमुख शैलेन्द्र कुमार मिश्राले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान सुरु गरेको बताए। उनले अनुसन्धान प्रकृया अगाडी बढाई सकेकाले अनुसन्धानको क्रममा दोषी देखिएका सवैलाई कार्वाहीको दायरामा ल्याउने बताए। उनले भने, ‘उत्खनन प्रकृयामा वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गको बदवासी देखियो, हामीले अनुसन्धान सुरु गरिसकेका छौं, दोषी देखिने सवै कार्वाहीको दायरामा आउँछ।’

WhatsApp Image 2025-02-06 at 12.03.08 PM

पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाहरूबाट अवैधरुपमा ग्राभेल उत्खनन् गरी सडक निमार्ण हुने क्रम बढ्दो छ।