सिरहा,मंसिर १ गते । दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको प्रतीकका रूपमा चिनिने सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले आज सिरहाका विभिन्न गाउँका विभिन्न पोखरी तथा तलाउमा सेलाएको छ । 

दिदीबहिनीले सामा चकेवा, चराचुरुङ्गी, चुगला, वन जंगल लगायत विभिन्न आकारका बनाईएका मूर्ति लाई उनीहरू समुहमा बाजा गाजा सहित लोकगीत गाउँदै पोखरी तथा तलाउमा सेलाएको हो ।

यता मधेसी समुदायका अविवाहीत दिदीबहीनीहरुले हिजो शुक्रवार नै सामा चकेवा लगायतका मुर्तिहरुलाई जोतिएको खेतमा सेलाइ सकेका छन् ।

थारु समुदायका महिला दिदीबहीहरुले औपचारिक रुपमा भाइटीकाको दिनदेखि कात्र्तिक पूर्णिमाको दिनसम्म समुहमा लोक  गित गाउँदै समा चकेवा खेलेका थिए । 

भगवान कृष्णकी छोरी सामलाई वृन्दबनको जङ्गलमा एक ऋषिसँग रोमान्स गरेको झूटो आरोप लगाइयो र कृष्णले उनलाई र वनका सबै ऋषिहरूलाई पंक्षी बनाएर दण्ड दिईएका थिए भने भाइ साम्बको धेरै माया र बलिदानले अन्ततः उनलाई र ऋषिहरूलाई मानव रूपमा ल्याउन सफल भएको किम्वदन्ति रहेको छ ।