सिरहा,श्रावण ४ गते । सिरहाको धनगढीमाई नगरपालिका द्वारा कृषकहरुको कृषि मिटरको विधुत्त विल भुक्तानीको लागी आज नेपाल बिधुत्त प्राधिकरण शाखा लहानलाई चेक हस्तानान्तरण गरेको छ ।
धनगढीमाई नगर भित्रका कृषकहरुको लागी सहज र कृषक उपज बृद्धिको लागी नगरपालिकाले नगरभित्रका कृषकहरुको विधुत्त महशुल नगरपालिकाबाट नै भुक्तानी गर्ने निणर्य अनुरुप आज नगरपालिकाले १८ लाख २२ हजार ५ सय चौदह रुपौया पैसा पचास चेक नगर प्रमुख शिब शंकर महतोले नेपाल विधुत्त प्राधिकण लहान शाखाका प्रमुखलाई दिईएको बताएको छ ।
नगर प्रमुख महतो र प्रमुख प्रशाशकिय अधिकृत गोपाल प्रसाद बगालेले सो हस्तानान्तरण कार्यक्रममा बोल्दै भने नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार सो नगर भित्रका यस कार्यालयमा निवेदन दिईएका कृषकहरुको एकमुष्ट बिधुत्त महशुल भुक्तानी गरेको बताए ।
कृषकहरुको बिधुत्त महशुल नगरापालिकाले भुक्तान गरे पछि स्थानियहरु खुशी भएका छन् ।
कृषक भोल महतोले भने बिधुत्तीय सिचाईको भरमा यहाँ खेती हुन्छ । बिधुत्त महशुल नगरपालिकाले दिए पछि आफुलाई सहज भएको बताए ।



















