सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।

मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली  मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ ।

 मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्वाईस २८७ पिस सहित गाडी र भारत दरभंगा लहेरियासराई ग्रामपंचाईत बस्ने बर्ष २६ को बैजु पण्डित र सोही ठाँउ लदारी ग्राम पंचाईत ७ बस्ने वर्ष २३ को कमलेश पण्डितलाई पक्राउ गरेको छ । भने चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मदिरा र गाडीको मुल्य दश लाख दश हजार चार सय सोह्र रुपैया कायम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका समान र मानिस आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडरमा बुझाईएको छ ।फरार गाडी चालकको खोज तलास भई रहेको छ ।विज्ञप्तीमा आन्त्रिका राजश्व कार्यालय लहानमा बुझाईएको हुनु पर्नेमा भन्सार कार्यालयमा बुझाईएको हुन गएको सच्याईएको छ ।