सुरेश कुमार कर्ण
सिरहा,बैशाख २७ गते । सिरहको सुखिपुरमा आज दिउसो विधुत्त सर्ट भई आगलगी हुदाँ एक परिबार घर विहिन भएको छ ।
सुखिपुर नगरपालिका वडा नं. ३ बस्ने राम उदगार यादबको घरमा विधिुत्त सर्ट भई भएको आगलगीमा निजको सम्पूर्ण घर र सर समान जलेर नष्ट भएको छ ।
निजको घरमा भएको सम्पूर्ण समान र लत्ताकपडा पसलको समान गरी करिब ३० लाख बढीको क्षती भएको पिडित परिवारले जनाएको छ ।
अहिले बेघर भएर बस्न बाध्य भएको हाल सम्म निजलाई कुनै ठाँउबाट राहत उपलब्ध नभएको पिडित परिवारले बताए ।




















