राजविराज, ८ जेठ । त्रिभुवन विश्व विद्यालयको हिन्दी केन्द्रीय विभाग किर्तिपुरका प्राध्यापक विनोद कुमार विश्वकर्मा प्रथम अन्तर्राष्ट्रिय तथागत शिखर पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो ।
भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।
भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुदायको पहिलो व्यक्ति रुपमा प्राध्यापक विश्वकर्मा सम्मानित हुनुभएको हो ।
नेपालमा हिन्दी भाषाका गोल्ड मेडलिष्ट समेत रहनुभएका प्राध्यापक विश्वकर्माले दुई दर्जन भन्दा बढी नेपाली तथा हिन्दी भाषाका पुस्तकहरुको सम्पादन गरिसक्नु भएको छ ।
नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल प्राध्याक विश्वकर्माको ‘विश्व हिन्दी यात्रा’ लगायतका पुस्तकसहित ‘नेपाली लघुकथा संग्रह’ प्रकाशन भईसकेको छ भने ‘नेपालको दलित समुदाय’ प्रकाशोन्मुख अवस्थामा छ ।
भाषा, कला साहित्यसँगै पत्रकारितामा समेत सक्रिय प्राध्यापक विश्वकर्माको
िनेपाली भाषाका ८० र हिन्दी भाषाका ६० भन्दा बढी लेख रचनाहरु प्रकाशन भईसकेको छ ।
लोकसमिक्षा साप्ताहिक पत्रिका, द सोसलिष्ट त्रैमासिक पत्रिकाका सम्पादक समेत रहनुभएका पिएचडी स्कलर विश्वकर्मा हाल सोसलिष्ट टिभी यूट्यूव च्यानलको कार्यक्रम प्रस्तोता समेत हुनुहुन्छ ।





















