नयाँ दिल्ली,पुष २९ गते – कोभिड १९ विरुद्ध १२ वटा खोप लगाएको दाबी गर्दै आएका एक भारतीय नागरिकविरुद्ध कारबाही हुने भएको छ । आफूले १२ वटा कोभिड खोप लगाएको दाबी गर्दै आएका भारत विहार राज्यका ब्रह्मादेव मण्डलविरुद्ध कारबाही हुने भएको हो ।
भारत सरकारले खोप नियम दुरुपयोग गरेको भन्दै ८४ वर्षीय मण्डलविरुद्ध कारबाही गर्ने बताएको छ । मण्डलले कोभिड १९ विरुद्ध गत वर्ष फेब्रुअरीमा पहिलो खोप लगाएका थिए ।
त्यसपछि आफूमा भएका अन्य स्वास्थ्य समस्यामा सुधार आएको भन्दै उनले थप ११ वटा कोरोना खोप लगाएको दाबी गरेका थिए । सो दाबी गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ भने उनीविरुद्ध सार्वजनिक नियम उल्लंघन गरेको, छलेको र ढाटेको अभियोगमा भारतको कानुनअन्र्तगत कारबाही गरिने बताइएको छ



















