जम्मु कश्मीर,पुष २१ गते – जम्मु कश्मीरको पलुवामा जिल्लाको चांदगाम इलाकामा सुरक्षाबल र आतंकवादीबीच भएको मुठभेडमा एक आतंकवादीको मृत्यु भएको छ।
दुई वा तीन जना आतंकवादी अझै उक्त ठाउँमा लुकेको हुन सक्ने आशंका गरिएको छ। बुधबार बिहान भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको थियो। कश्मीर क्षेत्रका सुरक्षाकर्मीले आतंकवादीलाई आत्मसमर्पण गर्न भनेको तर उनीहरुले नमानेर मुठभेड भएको भारतीय सञ्चार माध्यममा समाचार छ।



















