दुबई,कार्तिक ६ गते– संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ। सुपर १२ अन्तर्गत आज दुई खेल हुँदैछ।

समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका छन्। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्। 

सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्। दुवै समूहका पहिलो र दोस्रो स्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

सुपर १२ अन्तर्गत आज समूह ‘ए’का खेल सञ्चालन हुनेछन्। आबुधाबीमा हुने पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अपरान्ह ३स्४५ बजे सुरु हुनेछ।

यसैगरी दोस्रो खेलमा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। दुबईमा हुने इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल साँझ ७स्४५ बजे सुरु हुनेछ।

आज हुने खेलमा चार वटै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने योजनामा छन्। पहिलो खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै सुखद् सुरुवात गर्ने योजनामा छ। यसैगरी ठूला प्रतियोगितामा ‘अभागी’राष्ट्रको ट्याग भिर्दै आएको दक्षिण अफ्रिका पनि अस्ट्रेलियालाई हराउँदै अभागी राष्ट्रको ट्याग हटाउने अभियानमा छ। 

यसैगरी दोस्रो खेलमा एकदिवसीय विश्वकप विजेता इङ्ल्यान्ड पनि जित निकाल्दै सीमित ओभरको खेलमा पनि सुखद् सुरुवात गर्न चाहन्छ। साविक विजेतासमेत रहेको वेस्ट इन्डिज पनि इङ्ल्यान्डलाई हराएर सुखद् सुरुवात गर्ने अभियानमा छ। त्यसैले शनिबार हुने दुवै खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ