X wada

स्थानिय

    Showing ९६१-९७० of १,३२३ items.
  • पसलबाट २० लाखको सामान चोरी

    सिरहा,माघ १ गते –  महोत्तरीको गौशाला बजारमा प्रहरी कार्यालय नजिकै रहेको एउटा मोबाइल पसलबाट बीस लाख बराबरको सामान चोरी भएको छ। रातीको समयमा गौशाला बजारस्थित मिथिलाञ्चल कम्प्युटर कम्पलेक्सबाट मोबाइल तथा इलेक्ट्रोनिक्स समान चोरी भएका हुन्।पक्राउ पर्ने डरले पसलमा जडान गरिएको सिसिक्यामेराको बक्स पनि चोरी गरेर लगेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए। पसलको मूल गेटको ढोका फुटाएर अज्ञात समूहले चोरी गरेको उनले बताए। घटना स्थलबाट प्रहरी कार्यालय करिब २ सय मिटरको दुरीमा छ। चोरले विभिन्न किसिमका २ सय ३१ थान मोबाइल चोरी गरेर लगेको पसल सञ्चालक संजित यादवले बताए।

    • प्रकाशित मितिः माघ १, २०७८
    • १८३ पटक पढिएको
  • रिसइबी र आर्थिक प्रलोभनका कारण भारतीय इ–रिक्सा चालकको हत्या

    वीरगन्ज,पुष ३० गते – वीरगन्जमा ९ दिन पहिले मृत अवस्थामा भेटिएका भारतीय इ–रिक्सा चालकको हत्या पुुरानो झगडाको रिसइबी र आर्थिक प्रलोभनका कारण गरिएको खुलेको छ। भारत बिहारको बैशाली जिल्लाको महुवा घर भइ हाल वीरगन्ज—३ छपकैयामा बसेर इ–रिक्सा चलाउँदै आएका ४५ वर्षीय मुख्तार मियाँ पुष २२ गते वीरगन्ज—२३ इटियाहीस्थित कुलो नजिक मृत अवस्थामा फेला परेका थिए। पुष २१ गते साँझ वीरगन्जको नारायणी अस्पताल छेउबाट बिरामी लिन भनेर इ–रिक्सा लिएर हिडेका मुख्तार पुष २२ गते अपरान्ह इटियाहीमा मृतफेला परेका थिए। पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी घर भई हाल वीरगन्ज—३ छपकैयामा बस्दै आएका इ–रिक्सा चालक ३० वर्षीय सुनिल क

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • १५९ पटक पढिएको
  • प्रदेश २ सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत

    सिरहा,पुष ३० गते – प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ ।प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि  दलित समितिलाई सहज हुने उनले बताए  

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • १६३ पटक पढिएको
  • शितलहरबाट बचाउन दलित समुदायका बालबालिकालाई स्वीटर प्रदान

    महोत्तरी,पुष २९ गते –  शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका(२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो।  जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्व

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २१० पटक पढिएको
  • खुट्टामा चरेश बाँधेर महिला पक्राउ

    पर्सा,पुष २९ गते –  खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जना

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २२० पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    सिरहा,पुष  २९ गते –  वीरगंज महानगरपालिका– १६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।   गजुरी गाउँपालिका– २ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १४७ पटक पढिएको
  • अवैध सामान बरामद

    जनकपुरधाम,पुष २९ गते – धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरमाद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ । त्यसैगरी बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १९९ पटक पढिएको
  • लहानमा खुट्टी सिंचाईको हेड बक्स बन्दै

    सिरहा,पुस २९ गते । प्रदेश नं.२ सरकारको सहयोगमा सिरहाको लहानस्थित खुट्टी सिंचाई आयोजनामा सिंचाईको लागि हेड वक्स निर्माणको कार्य तीब्र रुपमा भइरहेको छ । प्रदेश सरकारको भौतिकपूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिचाई विकास डिभिजन सिरहाद्वारा आठ करोड ५६ लाखको लागतमा निर्माण भइरहेको उक्त हेड वक्सले त्यस भेगका करिव ९ सय ५० विघा क्षेत्रफलमा सिंचाई हुनेछ । लहानको बीच भाग भएर बग्ने वर्षौ पुरानो खुट्टी सिंचाई आयोवयोजना सुचारु नहुँदा सिंचाई अभावमा त्यस भेगका कृषकहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । हेड बक्स निर्माण हुन थालेपछि खेतमा सिंचाई सेवा पुग्नेमा आफूहरुआशावादी रहेको स्थानीयको

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २२७ पटक पढिएको
  • प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

    जनकपुरध,पुष २८ गते –  प्रदेश नम्बर दुईको मन्त्रिपरिषद् बैठकले सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।  सर्लाही निवासी अन्सारी यसअघि  युएनमा कार्यरत थिए । साथै प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ ।  केन्द्रमा प्रदेशका जनप्रतिनिधि देखि कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने छ। केन्द्र मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ । विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएको

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०६ पटक पढिएको
  • अवैध चाँदीका गहना सहित पक्राउ

    सिरहा,पुष २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका(५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका– ५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   प्रदेश नम्बर १– ०२– ०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।   खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकप

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२