सर्लाही, फागुन २५ गते – उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् । जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएर बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबारदेखि बन्द गरिएको उद्योगका उखु प्रबन्धक सियाराम साहले जानकारी दिनुभयो ।उद्योगले यो वर्ष १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु नपाएपछि लक्ष्य पूरा नभई उद्योग बन्द गर्नुपरेको उद्योगका उखु प्रबन्धक साहले बताउनुभयो । उद्योगले माघ १६ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भ
पर्सा,फागुन २५ गते – पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिवि
सिरहा,फागुन २५ गते – डिभिजन वन कार्यालय धनुषाले अवैध सालको काठ बरामद गरेको छ ।वन कार्यालय धनुषाले सोमबार अबेर साँझ पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको जनाएको छ । वन कार्यालयले धनुषाधाम नगरपालिका–६ मालटोलको खेतबारीमा लुकाएर राखेको अवस्थामा पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको हो । धनुषाका डिभिजनल प्रमुख सुनिल कुमार कर्णका अनुसारे २५५.०९ क्यूफिट काठ बरामद गरिएको छ । जसमा १ सय ८१ थान गोलिया र चार थान चिरान गरी १ सय ८५ थान काठ रहेको छ । वन कार्यालय धनुषाले पहिलो पटक यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको छ । वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक
काठमाडौँ, फाल्गुन २५ गते । स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण ९इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम० प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम प्रयोग हुने अवस्था रहेन ।” स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उहाँले बताउन
सिरहा– नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनको निर्वाचन परिणामबाट रामचन्द्र यादव पुनः ५ सय ३९ मतान्तरले सभापति निर्वाचित भएका छन् । मतदानकै क्रममा धाँदली भएको भन्दै सोमबार बेलुका निर्वाचन बहिस्कार गरेका अर्का सभापतिका उम्मेदवार रामसुन्दर चौधरी पक्ष मतगणणास्थलमा नआईपुगेपछि मंगलबार १२ बजेबाट सुरुभएको मतगणणाको परिणाम अनुसार रामचन्द्र यादव १ एहजार ४ सय २६ मत ल्याएर विजयी भएको हो ।यादवका प्रतिस्पर्धि रामसुन्दर चौधरीले ८ सय ८७ मत प्राप्त गरेको जनाएको छ । जम्मा २ हजार ६ सय ५० मत मध्येत २ हजार ४ सय ७६ मत खसेको बताइएको छ ।निर्वाचन अधिकृत लामासँग बदर र सदर मतको विषयमा बुझ्न पटक पटक सम्पर्क गर्दापनि उनी
सिरहा,२४ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ख हरिनारायण चौधरीले माओवादी केन्द्रकै कारणले महिलाहरुको हक अधिकार र पहिचानको मुद्दा कायम भई स्थापित भएको वताउनुभएको छ । आज मंगलबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं ९.स्थित नव निर्मित कभर्ड हलमा अनेम संघ (क्रान्तिकारी) नगर समिति धनगढीद्वारा आयोजित ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख चौधरीले माओवादी केन्द्र एक मात्र पार्टी हो जसले महिलाहरुको हक हितको लागि बोल्दछ, त्यसैले पनि अधिकार सुनिश्चितताको लागि महिलाहरुले संगठित रुपमा अगामी निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडा
सिरहा,फागुन २४ गते – धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषा र लिली फाउण्डेसन काठमाडौंको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो। पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने व
महोत्तरी,फागुन २४ गते – महोत्तरीमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा सवार गौशाला नगरपालिका–२ निगौलका २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए। सोमबार बेलुका गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित सुमो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।गौशालाबाट जलेश्वरतर्फ जाँदै गरेको प्र.२—०२—००१च ८४१नम्बरको सुमो गोल्ड जीप र विपरीत दिशाबाट आउँदै गरेको अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना दुवै जना गम्भीर
अनुभक्त चौधरी,सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ । रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् । बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका
बारा,फागुन २४ गते –वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.