X wada

स्थानिय

    Showing १७१-१८० of १,३२० items.
  • आज दशैको पहिलो दिन कलश स्थापना गर्दै

    सिरहा,असोज १७ गते । आज दशैको पहिलो दिन घटस्थापना देशै भरी विभिन्न शक्तिपिठ र घरघरमा कलश स्थापना गर्दै छन् ।कलश स्थापना गर्न सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१ मेदनीपुरको स्थित सरस्वती खोलामा जल भर्न श्रद्धालु भक्तजनहरु घुईचो लागेको छ ।आज देखि विधिवत रुपमा दश दिन सम्म पुजाआर्चना गरी मनाउनको लागी  देवीको कलश स्थापनाको लागी लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वाडा तथा गााउँबाट जल भर्न खोलामा घुईचो लागेको थियो ।बाजागाजा सहित भजन किर्तन गर्दै सयौको हराहारीमा करिव दश भन्दा बढी कलश यात्रीहरु जल भर्न सरस्वती खोलामा जल भरी शक्ति पिठ तथा पुजा कोठा कलश स्थापना गरेका थिए ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २८५ पटक पढिएको
  • लागु औषधसहित यादव एकजना पक्राउ

    सिरहा, आसोज १५ गते । सिराहाको नवराजपुर गाउँपालिका वडा नं. १ भगवतीपुरबाट सोमबार प्रहरीले प्रतिबन्धित लागुऔषधी सहित लक्ष्मीपुरपतारी गाउँपालिका– ६ सीतापुरका करिब ४० वर्षीय भगत यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ परेका यादवले बोकेको बोरामा एक सय एमएलको ८४ बोतल कोडिन फस्फेट विक्सिडन सिरप, एक सय एक एम्पुल फेनार्गन, ९५ एम्पुल डाइजिपाम र ९८ एम्पुल बुप्रेनर्फिन बरामद भएको जनाएको छ ।प्लास्टिकको बोरा बोकेर भगवतीपुर हुँदै सीतापुरतर्फ आउँदै गरेका यादवलाई शंकाको आधारमा रोकेर बोराको जाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेक

    • प्रकाशित मितिः असोज १५, २०८१
    • २६१ पटक पढिएको
  • दलित जनकल्याण युवा क्लवद्वारा वार्षिक समाजिक लेखाजोखा

    सिरहा,असोज १५ गते । जिल्ला सम्वय समितिका सभापति दिनेश महतोले घर परिवार, कार्यालय वा संघ संस्थाहरुले आ आफ्नो लेखाजोखा राख्दैन तवसम्म त्यो राम्रोसंग चल्न र पत्याउन नसकिने जनाउनुभएको छ । सिरहाको लहानमा अवस्थित दलित जनकल्याण युवा क्लवको १८ औं वार्षिक समाजिक लेखाजोखा कार्यक्रम उहाँले सो कुरा वताउनुभएको हो । सभापति महतोले संस्थाको मुख्य कुरा भनेको पारदर्शिता हो जुन संस्थामा पारदर्शिता छैन त्यो संस्थाको दीगोपना नहुने वताउँदै संघ संस्थाको सामाजिक लेखाजोखा सार्वजनिक गर्नु नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो । धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले आफ्नो नगर क्षेत्रभित्र पाँच वटा वडामा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३४९ पटक पढिएको
  • नदी कटानले स्थानीयमा त्रासदी

    सिरहा १५ गते । असोज ११ र १२ गतेको अविरल वर्षाले सिरहा पनि अछुतो रहेन । सिरहा जिल्लामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदीको वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा किसानहरुलाई चिन्तामा डुबाएको छ भने नदीहरुको बाँध भत्काउँदा गाउँ नै बगाउने हो कि भन्ने त्रसदी पनि उत्तिकै छ ।  सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदिमा असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीले त्यस क्षेत्र वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा त्यस भेगका किसानहरु चिन्तित मात्र छैनन गाउँनै बगाउँला भन्ने त्रासदी पनि उत्तिकै छ । बाढीले लहान नगरपालिका वडा नं. २३ तिलेबोनामा मात्र १० विघा खेती योग्य जग्गासँग

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ४८५ पटक पढिएको
  • जितिया पर्वको रौनक

    सिरहा,असोज ८ गते । सन्तानको दिर्घायु, पारिवारिक समृद्धि र सुख शान्तिको कामना गर्दै तराई मधेश मनाईने जितिया पर्व आजदेखि शुरु भएको छ । जितिया पर्वको आज पहिलो दिन ‘नहा खाय’ दिन भएकाले आज विहानैदेखि सिरहाका नदी तलाउ पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको छ । महिलाहरुले नजिकैका नदी र पोखरीमा स्नान गरीे घिरौलाको पातमा घिरौलाको फूल,पिना, तेल र माटो राखेर भगवान जीतुवाहन पुजा आजा गर्दै पर्व  मनाई रहेका छन् । विषेशतः तराईका थारु महिलाहरुले मनाउने यो पर्व पछिल्लो केही वर्षदेखि सबै समुदायका महिला दिदीवहिनीहरुले मनाउने गरिएको छ । यसपल्ट तिथिी घटबढका कारण सिरहा सप्तरी,धनुषा र महोत्तर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ३७९ पटक पढिएको
  • आज जितिया पर्वः निर्जला व्रत बसेर सन्तानको दीर्घायुको कामना गरिँदै

    सिरहा असोज ८ गते । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।मिथिलाञ्चलमा नहाय खाय ९नुहाएर खानु० पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा ९नुहाएर खाने० विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ८०७ पटक पढिएको
  • मुख्य मन्त्रीद्वारा सर्वसम्मती ढंगले नेतृत्व चयन गर्न आग्रह

    सिरहा,असोज ७ गते । मधेश प्रदेशका मुख्य मन्त्री सतिष कुमार सिंहले व्यापार समिति उद्योगी व्यापारीहरुको संस्था भएकोले व्यापारीहरु पनि पार्टीगत स्वार्थ भन्दा माथि उठेर व्यापारीहरुको हक अधिकार एवम् समस्या समाधान गर्ने खालको नेतृत्व सुखीपुर उद्योग व्यापार समितिले पाउनुपर्ने वताउनुभयो ।प्रचण्ड गर्मीका बीच आज सिरहाको सुखीपुरमा आयोजित सुखीपुर उद्योग व्यापार समितिको पाँचौ साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री सिंले वन्द सत्रले चुनिने नयाँ कार्य समिति सकेसम्म सर्वसम्मती ढंगले ल्याउन आग्रह गर्नुहुँदै त्यसो नभएमा लोकतान्त्रिक पद्धतिमा आउने नेतृत्व व्यापारीहरुको पीर मर्का सुन्ने र समस्या समाधान गर्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ४७४ पटक पढिएको
  • सन्तान प्राप्तीको बहनामा लाखौको ठगी गरेको आरोप, धामी पक्राउ

    सिरहा,असोज ४ गते ।महिलाहरुलाई अन्धविसवास तथा सन्तान दिने प्रलोभनमा लाखौ ठगी गरेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ गोठ चौकमा आज स्थानिय झाँक्री (धामी)लाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेका छन् ।गोठ चौकमा घरभई बस्दै आएका दुखी ठाकुर धामीलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहा,धनुषा,महोत्तरी,सर्लाही लगायत भारतका दजर्नौ महिलाहरुलाई दैविक शक्तिले सन्तान दिने भनी प्रति ब्यक्ति १६ हजार रुपैया लिई टुना मुना गरेको पिडित महिलाहरुले बताए ।पिडित महिलालाई एक प्रकारको औषधी खुवाई बच्चा दिन्छु भन्दै ठगेका हुन् । बच्चा दिने बहनामा डाक्टर कहाँ चेक गराउछौ भने बच्चा पेटबाटै गयाब हुने जस्ता डरहरु दे

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४५५ पटक पढिएको
  • सिरहामा १७ स्थानियतह मध्ये औरही गाउँपालिकाको उजुरी बढी : अख्तियार

    सिरहा, असोज ३ गते । भष्टाचार नियन्त्रण र सुुशासन प्रवद्र्धन  विषयक स्थायिनयतह स्तरीय अन्तरक्रिया कार्यक्रम सिरहाको सुखिपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सिरहा जिल्लाको १७ वटा स्थानियतह मध्ये सबै भन्दा वढी उजुरी सिरहाको १७ स्थानियतह मध्ये औरही गाउँपालिकाको उजुरी परेको अख्तियार अदुरुपयोग अनुसन्धान आयोग कार्यालय वर्दिवासले जनाएको छ ।आ.व. ०८१/०८२  को भदौ मसान्त सम्ममा सिरहाको १७ वटा स्थानियतह गरी दुई सय सत्तरी उजुरी मध्ये विभिन्न योजनामा भ्रटचार भएको ४६ वटा उजुरी औरही गाउँपालिकामा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले उल्लेख गरेको छ ।सिरहाको स्थानियरुको हालसम्म दुई सय स

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ९१८ पटक पढिएको
  • शिक्षा दिवसलाई उत्सवको रुपमा लिनुपर्नेमा जोड: पूर्व मेयर चौधरी

    सिरहा,असोज २ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक विद्यालय तिनकोनीको सभाहलमा ग्रामीण जागरण समाजले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाप्रति देखिएको उदासिनताप्रति सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।अन्तक्र्रिया कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले तीन तहकै सरकारलाई मा.वि.तहसम्मको शिक्षालाई अनिवार्य एवम् निःशुल्क गर्ने अधिकार दिएपनि सरोकारवाला निकायको उदासिनताको कारण शैक्षिक गतिविधि बढ्नुको साटो शैक्षिक वेथिति बढ्दै गएको उल्लेख गर्नुभयो ।उहाँले आठ कक्षासम्मको शैक्षिक गतिविधिको अधि

    • प्रकाशित मितिः असोज २, २०८१
    • ८८८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२