सिरहा,कार्तिक ८ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै सुनसान झैं देखिने सिरहाको स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहल पहल बढेको छ । 

विशेषतः तिहार पर्वको लागि चाहिने माटोले बनेको दीयो, बाँसले बनेको नांग्लो, दाम्लो, नरीवल, मखान, दीयोमा हाल्ने वत्ति, हुक्का लोली लगायतका पूजाका सामाग्रीहरु किनमेल गर्नेहरुको घुइँचो लागेको हो ।

आर्थिक मन्दीले थिलथिलो भएको स्थानीयलाई भने बजारमा खाद्यान्न सामाग्रीसँगै पूजा सामाग्रीको समेत गत वर्षको भन्दा दोब्बरले मूल्य अकासिएकोले चाड पर्व मनाउन समेत असहज हुने वताइएको छ ।