सिरहा असोज ३० गते । सप्तरीमा १ महिनादेखि हराईरहेका ब्यक्ति मृत फेला परेका छन। कञ्चनरुप नगरपालिका–९, रुपनगर ९बिष्णु मन्दिर टोल० का ज्ञानुमणि पोखरेल ९५५० को शव मंगलबार धानबारीमा फेला परेको हो।
गन्हाई सकेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ। शवको अवस्था हेर्दा केही दिनअघि उनको मृत्यु भएको प्रहरीको भनाई छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालका अनुसार मृतकको शव उनकी पत्नीले सनाखत गरेकी छिन्। मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। पोखरेल सम्पर्क विहिन भएपछि परिवारका सदस्यले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।




















