X Sharama Funecure

स्थानिय

    Showing १,१३१-१,१४० of १,३१५ items.
  • सर्वसम्मती गर्दै नगर सम्मेलन सम्पन्न

    सिरहा, मंसिर १५ गते । सिरहा लगायत मुलुकको सबै ठाउँमा एकीकृत नेकपा माओवादी केन्द्रको वडा तथा नगर कमिटी गठन भइरहेको बेला सिरहाको धनगढीमाई नगरपालिकाले सम्पूर्ण वडासँगै धनगढीमाई नगरपालिकाको नगर कमिटी सर्वसम्मती रुपमा चयन गर्न सफल भएको छ ।  आज बुधबार धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा सभ्य र भव्य रुपले सम्पन्न प्रथम नगर सम्मेलनले प्रकाश योन्जनको अध्यक्षतामा ६५ सदस्य कमिटी सर्वसम्मती रुपले चयन भएका हुन् । १४ वटा वडा रहेको धनगढीमाई नगरपालिकामा सबै वडालाई प्रतिनिधित्व हुने गरी गठन भएको कमिटीको उपाध्यक्षमा बुद्धिलाल चौधरी, फुलकुमारी श्रेष्ठ, सूर्य प्रकाश महतो, सचिवमा विरेन्द्र

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ६३५ पटक पढिएको
  • महोत्तरीमा महिलाको शव फेला

    सिरहा,मंसिर १५ गते –महोत्तरीको लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएको हो । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबि मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक रुबीको शवलाई  घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    सिरहा,मंसिर १५ गते –ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट  ज १२ प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२५ पटक पढिएको
  • व्यापारीको दवावपछि सडक निर्माण

    सर्लाही,मंसिर १५ गते – सर्लाहीको ईश्वरपुर नगरपालिकाले बाटो फराकिलो पार्ने नाउंमा घर टहरा मात्र भत्काए पनि सडक निर्माणमा आलटाल गरेको भन्दै स्थानीय व्यापारीहरु विरोधमा उत्रेपछि कालोपत्रे कार्य सुरु गरिएको छ ।स्थानीयवासी एवम् त्यहांका ब्यापारीहरु मेयर विरुद्ध प्रदर्शन गर्दै विरोधमा उत्रेका थिए । केही दिन अघि नागरिक समाज ईश्वरपुरले बाटो फराकिलो पार्ने नाउंमा सडकमा पर्ने घर टहरा भत्काएको थियो । घर टहरा भत्काएपछि सडक क्षेत्र झनै अस्तव्यस्त बनेको थियो । सडक निर्माणमा आलटाल गर्दै आएको नगरपालिका कार्यालयमाथि दवाव दिँदै स्थानीयवासी एवम् व्यापारीहरुले विरोध गरेका थिए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १८० पटक पढिएको
  • यथास्थितिमा एम.सी.सी. पास हुँदैन ः मन्त्री पोखरेल

    सिरहा, मंसिर १५ गते । एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले यथास्थितिमा जस्ताको तस्तै एम.सी.सी. पास गर्न खोजे नेपाली कांग्रेससँगको सहकार्य टुट्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नेकपा माओवादी केन्द्रको प्रथम नगरसम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै नेता पोखरेलले नेपाली कांग्रेसले एम.सी.सी. जस्ताको तस्तै पास गराउन खोजेकोले देश चुन्ने कि गठबन्धन चुन्ने स्थिति आए खण्डमा हामीले गठबन्धनलाई छोड्न सक्ने वताउनुभयो । नेता पोखरेलले लामो समयको प्रयासपछि गठबन्धन बनेकोले यो गठबन्धनलाई चुनावसम्म लान

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • २३६ पटक पढिएको
  • यसै बर्षभित्र रेल सञ्चालन हुने

    सिरहा,मंसिर १४ गते –भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन ।मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ११७ पटक पढिएको
  • मतदाता नामावली संकलन

    सप्तरी,मंसिर १४ गते – जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता संकलन गर्ने भएको छ ।सो क्रममा जिल्लामा मतदाता नामावली संकलन मंसिर १७ देखि सुरु हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । सोमबार सदरमुकाम राजविराज स्थित नगरपालिकाको सभाकक्षमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन सम्बन्धी जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम सम्बन्धमा जिल्ला स्तरमा सरोकारवालाहरुसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखि गाउं– गाउंमा मतदाता नामावली संकलन ग

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२२ पटक पढिएको
  • तीन पल्ट गा.वि.स.अध्यक्ष भएका चौधरी माओवादीमा प्रवेश

    सिरहा, मंसिर १३ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा नेपाली कांग्रेसबाट तीन पल्ट गा.वि.स. अध्यक्ष हुनुभएका गहुमलाल चौधरीको सम्पूर्ण टिम सहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।  आज नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी उहाँहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीको वैचारिक सैद्धान्तिक र काम गर्ने शैलीप्रति आकर्षित भई माओवादीमा प्रवेश गरेको पूर्व अध्यक्ष गहुमलाल चौधरीले जनाउनुभयो । आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ६१२ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    सिरहा,मंसिर १३ गते– भगवानपुर गाउँपालिका–३ गैरसाहा टोलबाट २ सय ७० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी बोदेबर्साईन नगरपालिका–१ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त कुमार मंण्डल रहेका छन् । स.८ प. २८०३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार मण्डललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ११० पटक पढिएको
  • मसिंर २३ गते जानकी मन्दिरमा ५१ जोडीको सामुहिक विवाह

    सिरहा,मसिंर १३ – प्राचिनकालमा रामजानकीको विवाह भएकाले जनकपुरधामलाई शुभ बैबाहिक गनतब्य बनाउन यस वर्ष पनि ५१ जोडी युवा युवतीहरुको सामुहिक विवाह आयोजना हुने भएको छ । बिश्व हिन्दु परिषद नेपालको आयोजनामा जनकपुरधाममा प्रत्येक वर्ष हुने बिबाह पञ्चमी महामहोत्सवको भोली पल्ट मसिंर २३ गते एतिहाँसिक जानकी मन्दिर प्राङ्गणमा ५१ जोडी युवायुवतीको एकौसाथ विवाह हुने परिषदले जनाएको छ ।परिषदका केन्द्रिय महासचिव जितेन्द्र सिंहले दुनियामा सबै भन्दा शुभ र उतम विवाह स्थल जनकपुरधाम रहेको दर्शाउन र बैबाहिक गनतब्यका रुपमा प्रचार गर्न परिषदले अभियान स्वरुप कार्यक्रम ल्याएको बताएका छन् । विवाहमा बेहुलीलाई कपडा सेट, किचेन

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १८१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२