X wada

स्थानिय

    Showing १,०५१-१,०६० of १,३२३ items.
  • प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप

    सिरह, पुष ८ गते –  सरकारले प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। पुस महिना भर प्रदेश २ का सबै जिल्लामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हालसम्म खोप नलगाएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। प्रदेश २ का रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिराहा, सप्तरी, पर्सा र बारामा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।प्रदेश २ मा पुस महिनामा भेरोसेल र एस्ट्राजेनेका खोप दिइने मन्त्रालयले जनाएको छ

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १२८ पटक पढिएको
  • जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध सर्वाधिक उजुरी

    जनकपुर,पुष ८ गते – जनकपुरधाम उपहानगरपालिकाविरुद्ध भ्रष्टाचार र अनियमितताको सर्वाधिक उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सार्वजनिक गरेको छ। आयोगको कार्यालय बर्दिबास मातहत पर्ने प्रदेश २ का पाँच जिल्ला सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमध्ये धनुषामा सर्वाधिक भ्रष्टाचार र अनियमितताको उजुरी परेको आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७७र०७८ र चालु आर्थिक वर्षको मंसिरसम्ममा आयोगमा परेका १६८८ उजुरीमध्ये सबैभन्दा बढी धनुषा जिल्लाबाट ५३८ उजुरी रहेका छन्। प्राप्त कुल उजुरीमध्येबाट २३६ वटाको फछर्यौट भइसकेको र १४५३ बाँकी रहेको आयोगका प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः पुस ८, २०७८
    • ८३ पटक पढिएको
  • स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित पक्राउ

    बारा,पुष ८ गते – कलैया उपमहानगरपालिका१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः पुस ८, २०७८
    • २१० पटक पढिएको
  • प्रदेश २ को नामकरणसम्बन्धी चार प्रस्ताव पेस

    जनकपुर,पुष ८ गते – प्रदेश २ को प्रदेशसभा बैठकमा नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा  ‘मधेस प्रदेश’, ‘जानकी’,  ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन्।  सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ। जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरेका हुन्। प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन्। यस्तै माओवादी के

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १८१ पटक पढिएको
  • श्रीमतिकोे कुटाईबाट श्रीमानको मृत्यु

    सिरहा,पुष ८ गते – सिरहामा श्रीमतीले हानेको चिर्पटले लागेर श्रीमानको मृत्यु भएको छ । मदिराले मातेर भएको झगडाका क्रममा जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षिय श्रीमती हर्कमाया विश्वकर्माले प्रहार गर्दा उनकै श्रीमान ४० वर्षिय टेकबहादुरको मृत्यु भएको हो । मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेर घरझडाको क्रममा दाउराको चिर्पटले हान्दा घाइते भएका टेकवहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवाश बुढाथोकीले जानकारी दिए । प्रहरीले घरमै पुगेर श्रीमतीलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि राउ स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ए

    • प्रकाशित मितिः पुस ८, २०७८
    • ३५० पटक पढिएको
  • प्रदेश २ को नाम र राजधानीका लागि लोसपाको वार्ता टोली

    सिरहा,पुष ७ गते – प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न दलसँग वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले संसदीय वार्ता टोली गठन गरेको छ । प्रदेशसभा सदस्य रानीशर्मा तिवारीको संयोजकत्वमा प्रदेशको नाम ‘मधेश’ प्रदेश र राजधानी जनकपुरधामका लागि ७ सदस्यीय वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।वार्ताटोलीको सदस्यमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, जयनूल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् । संसदीय दलका नेता जितेन्द्र सोनलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १७२ पटक पढिएको
  • सदा हत्या आरोपमा पाँच युवक पक्राउ

    सिरहा,पुष ७ गते – सिरहा गोलबजार नगरपालिका ६ डोहटिया छुरा प्रहारबाट हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।शनिवार बेलुका गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षिय भुवन प्रसाद महतो, १९ वर्षिय श्रवण कुमार मण्डल, २० वर्षिय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षिय सौकात खान र १९ वर्षिय धर्मेन्द्र यादवलाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये २ जना गोलबजार र ३ जनालाई धनगढीमाई नपा जयपुरमा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालक

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ३,१९६ पटक पढिएको
  • मोटरसाइकल बचउँदा पीकप पल्टियो, दुईजना घाइते

    सिरहा,पुष ७ गते – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँ पालिका ३ नयाँ चोहर्वा नजीकै मोटरसाइकल जोगाउने क्रम्मा पीकप दुर्घटना भएको छ । प्रदेश–३ ०१०२३ च ०६१८ नम्बरको पिकअ दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । पीकपमा तीन जना सबार रहेको इलाका प्रहरी कर्यालय मिर्चैयाले जनाएको छ्र ।मोटरसाइकललाई बचाउने क्रममा चाइना कम्पनिले बाटोमा बनाउदै गरेको पुलमा पिकअप ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा नेपालगन्ज मदनचौकका २६ वर्षिय गणेश बहादुर मल र सुर्य बहादुर थारु घाइते भएका छन् । एन्सेल कम्पनिको टाबरको समान लिएर काठमाडौंबाट बिरतामोड तिर जाँने क्रम्मा दुर्घटना भएको हो । उनिहरुको उपाचार अहिले स्थानीय

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १३३ पटक पढिएको
  • जलेर २ बालबालिकाको मृत्यु

    रौतहट,पुष ७ गते – आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र  आगलागी हुँदा  जलेर २ बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव  र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा  मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा  मृत्यु भएको ईलाका प्रहरी

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १३८ पटक पढिएको
  • सोनार परिवारको जाली नागरिकता

    वीरगञ्ज,पुष ७ गते – झुठो विवरण पेश गरेर भारतीय नगरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ ।भारतको बिहार आदापुर इनरवा–४ काला सिर सिया पञ्चायतका महादेव साह सोनारका सन्तानहरुले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको खुलासा भएको हो । महादेव साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह,बच्चा साह, भन्ने (रामनरेश साह सोनार) समेतले झुठो विवरण पेशगरी पर्सा जिल्लाको साबिकको गाउं विकास समिति– ३ हाल वीरगञ्ज महानगरपालिका–२८ बाट नेपाली नागरिकता लिएका हुन् । गैरकानूनी रुपमा नागरिकता लिन सफल भएका सोनार परिवारले नेपालमा चरेश,गांजा तथा सुनको तस्करी लगायत विभिन्न किसिमका अपराधिक क्रियाकलाप

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १४९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२