X wada

स्थानिय

    Showing १,०३१-१,०४० of १,३२३ items.
  • सिरहाको पूर्वपश्चिम राजमार्ग र चोहर्वा सडकखण्डमा आज र भोलि निषेधाज्ञा

    सिरहा,पुष १३ गते – सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि।के।राज इन्टरप्राईजेज ९पेट्रोल पम्पसम्म० ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।उक्त अ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १३६ पटक पढिएको
  • बसबाट ठूलो परिमाणमा काठमाडौ पुग्छ लागु औषध

    राजविराज,पुष १२ गते –सार्वजनिक यातायातका साधन नै लागु औषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ । राजविराजबाट काठमाडौं जान लागेको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट ठूलो परिमाणमा लागु औषध बरामद भएसँगै यसको खुलासा भएको हो ।राजविराज नगरपालिका–२ स्थित हिमालय राईस मिल नजिक रहेको गुलाब ग्यारेजमा राखिएको बस खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला परेको हो । लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा सप्तरीको बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँ पक्राउ परेका छन् ।उन

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १९१ पटक पढिएको
  • बलात्कार आरोपमा एक जना पक्राउ

    सिरहा, पुष ११ गते – सप्तरीमा एक जना १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका– ५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका– ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित मियाँलाई पक्राउ गरेको जनाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १२३ पटक पढिएको
  • ढल्केबर सौर्य आयोजना सञ्चालनमा

    सिरहा, पुष १२ गते – धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १४३ पटक पढिएको
  • एक थान कटुवा पेस्तोल सहित पक्राउ

    बारा,पुुष १२ गते – परवानीपुर गाउँपालिका– ४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको    छ । सोही ठाउँस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा देवानलाई उक्त हतियार सहित फेला पारेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको छ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १४५ पटक पढिएको
  • सप्तरीमा बियरको बोतलले हानेर महिलाको हत्या

    राजविराज,पुष १२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए।घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए।

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १८२ पटक पढिएको
  • सात बुँदे मागसहित जनमत पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम

    सिरहा,पुष १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहितआन्दोलनमा उत्रिएको छ ।पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।  जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • ११९ पटक पढिएको
  • सिरहामा सटर तोडेर दशलाख भन्दाबढीको चोरी

    सिरहा,पुष १२ गते– सिरहाको दुई किराना पसलमा सटर तोडेर चोरले करिब १० लाख भन्दा बढीको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ । गोलबजार ना।पा–६ गुम्बा चौक स्थितको मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको समान तथा दुबै पसलगरि एक लाख नगद चोरी गरेकोे हो ।चोरले किराना पसलको सटरलाइ तोडेर मनोज इन्टरप्राइजेजबाट १५ बेन्डल सुर्या चुरोट ,२० बेन्डल सिखर चुरोट , दुइ लाख बराबरको रिचार्ज कार्ड ,एक थान ९डेल कम्पनिको ०ल्यापटप र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको पसल संचालक मनोज साहले जनाएको छ । त्यसैगरि लक्ष््मी जेनरल स्टोरबाट १० बन्डल सुर्या चुरोट ,१५ बेन्डल सिखर चुरोट ,१

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १७८ पटक पढिएको
  • ट्रकमा आगजनीसँगै दर्जन बढी गाडीमा तोडफोड

    सिरहा,पुष ११ गते– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहड्ताल उल्लंघन गरेको भन्दै सिरहास्थित चोहर्वामा ट्रकमा आगजनी गरेका छन् । आगजानीका कारण ट्रक जलेर नष्ट भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ख.५५२२ नं. ट्रकमा जथाभावी ढुंगा प्रहार गर्न थालेपछि आफू बाहिर निस्किने वित्तिकै आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेको ट्रक चालकले वताए । आन्दोलनकारीहरुले गोलबजार, मिर्चैया लगायतको ठाउँमा दुई दर्जन भन्दा सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएको छ । बजार पसलसँग सवारी साधनहरु चलाउने र खुलाउने क्रममा गोलबजारमा बन्दकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । बन्दकर्ताहरुले गोलबजारस्थित प्रहरी बी

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २७५ पटक पढिएको
  • म माथी लगाएको आरोप निराधार हरको उप्रमुख यादब

    सिरहा,पुस ११ गते । निमित्त प्रमुख चौधरीले लगाएको आरोप निराधार रहेको बरियापट्टी गाँउपालिकाका उपप्रमुख रेखा कुमार यादबले बताईन ।म र श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएको आरोप झुठा रहेको उपप्रमुख यादबले बताईन । यता कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि त्यसतो कुनै अपशब्द प्रयोग नभएको बताईन ।लेखा प्रमु्ख विजय कुमार ठाकुरलाई  आफु नियम संगत न्यायपालिकाको  निकासको लागी अनुरोध गरे हाल सम्म पालिकाबाट न्याययीक समित

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२