X wada

समाज

    Showing ९११-९२० of १,४५० items.
  • लागूऔषध सहित एक युवक पक्राउ

    सर्लाही,फागुन ५ गते –  प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।नेपाल– भारत सीमास्थित मलंगवा नगरपालिका– ८, बाट चेक जाँचका क्रममा  लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उ

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २५८ पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा आगलागीहुँदा लाखौंको क्षति

    सर्लाही,फागुन ५ गते –  सजिल्लाका दुई स्थानमा आगलागी भएको छ । हरिपुर नगरपालिका ३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका ४, निवासी देवराज सिङ्दनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ । त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताक पडा जलेर नष्ट भएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २२५ पटक पढिएको
  • बाराबाट लागूऔषध सहित २ जना पक्राउ

    वीरगञ्ज,फागुन ५ गते –  बाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा. ३९ प.४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजे

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १६३ पटक पढिएको
  • बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष कैद

    डोटी,फाल्गुन ३ गते । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अव

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २१७ पटक पढिएको
  • मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

    जनकपुर, फागुन ३ गते । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५६ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबाट पक्राउ

    सिरहा, फागुन ३ गते – हेटौंडा उपमहानगरपालिका(३ बसामाडी बस्ने ३३ वर्षीय अशोक बिकलाई करिब २ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बसामाडी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनवर्षी नगरपालिका– ८ हरिचन्द्रगडीबाट करिब १ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका– १ केचना बस्ने धनकुटा जोरपाटी गाउँपालिका– ६ घर भएका २३ वर्षीय विनोद तामाङला

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १९६ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    सिरहा,फागुन ३ गते – सिरहाको गोलबजार नगरपालिका– १ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठकुरीको घरमा लागूऔषध गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २– ०१– ००३ प. ५२ १७ नम्बर र स.५ प.१०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ४२९ पटक पढिएको
  • कर्मचारी अभावमा तीन पक्राउ सेवा प्रभावित

    सिरहा,फागुन ३ गते – कर्मचारी अभावको कारण जिल्ला प्रशासन कार्यालय सप्तरीको कामकाज प्रभावित भएको छ ।दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिप्रका सप्तरीबाट प्रवाहित हुने सेवा प्रभावित भएको हो । जिप्रका सप्तरीमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० जना नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी रहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा , पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । उनले भने,‘कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्म

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२७ पटक पढिएको
  • टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व– पश्चिम राजमार्ग अवरुद्ध

    दाङ्ग,फागुन ३ गते – दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती गाउँपालिका(१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई पूर्व(पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका(१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व(पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ५३८ पटक पढिएको
  • लागूऔषधसहित ६ जना पक्राउ

    सिरहा,फागुन ३ गते – प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको  प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाईसमेत पक्राउ गरेको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२