X wada

समाज

    Showing ६८१-६९० of १,४५० items.
  • क्यान्सर रोगीलाई निःशुल्क औषधि

    काठमाडौँ, चैत २७ गते । ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनुभएको छ । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उहाँले निःशुल्क प्राप्त गरिरहनुभएको छ ।उहाँलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । सुरुमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो । दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उहाँले औषधि सेवन गर्न थाल्नुभएको हो । “सुरुमा मासिक दुई लाख ८० हजार रुपियाँबराबरको औषधि

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १८० पटक पढिएको
  • शिक्षक संगठन सप्तरीको अध्यक्षमा बैधनाथ यादव

    राजविराज, चैत २५ गते। नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीकाे राजविराजमा सम्पन्न १३ अाैं जिल्ला अधिबेशनले बैधनाथ यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षद्वयमा लक्षण कुमारी यादव र सुर्यनारायण चाैधरी, सचिवमा जयराम मण्डल, सहसचिवमा प्रियंका कुमारी यादव तथा काेषाध्यक्षमा रासलाल साहलाई चयन गरेकाे छ । सदस्यहरुमा देवकान्त चाैधरी, कमला कुमारी घिमिरे, सिताकुमारी चाैधरी, रामनारायण यादव, मनाेज अधिकारी, दिनेश झा, रम्भा कुमारी चाैधरी, निलम श्रेष्ठ, संजय चाैधरी, नरसिंह यादव, गणेबहादुर थापा, उग्रकान्त चाैधरी, सुनिता कुमारी साह, सरिता कुमारी साह, रामउदगार यादव, रामकृष्ण स

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २०२ पटक पढिएको
  • निर्वाचन आचार संहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने

    काठमाडौं,चैत २५ गते । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैतं) देखि लागू भएको जनाएको हो ।आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २२६ पटक पढिएको
  • सिरहामा टाईफाईड विरुद्धको खोप, २ लाख ४५ हजार बाल–बालिकालाई खोप लाउने

    सिरहा,चैत २५ गते । सिरहामा करिव अढाईलाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । भोली चौत २५ गतेबाट सुरु हुन लागेको टाइफाइड विरुद्धको खोप अभियानमा जिल्लाका २ लाख ४५ हजार ८३ जना १५ महिना देखि १५ वर्ष मुनिका बाल बालिकाहरु सहभागी हुने भएको हो ।सिरहामा दुई चरणमा हुन लागेको खोप अभियानमा एक हजार १० खोप केन्द्र रहने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन खोप लाउने ४ सय ३२ जना स्वास्थ्यकर्मि र ८ सय ६४ जना स्वायम् सेवक परिचालन गरेको स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।खोपमा खटिने सवै स्वास्थ्यकर्मि, स्वायम्सेवक तथा कर्मचारीहरुल

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १२१ पटक पढिएको
  • गर्भपतन गर्ने अभियुक्तलाई डेढ वर्ष कैद सजाय

    राजविराज,चैत २५ गते । जिल्ला अदालत सप्तरीले जिल्लाको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई कैद सजाय फैसला गरेको छ । सो घटनाका अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन् ।महादेवा गाउँपालिका ४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई डेढ वर्ष कैद सजाय भएको अदालतले जनाएको छ । बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १२७ पटक पढिएको
  • हतियारसहित तीन जना पक्राउ

    पर्सा,चैत २५ गते । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १५२ पटक पढिएको
  • घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

    बारा,चैत २५ गते । अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा अम्लेखगञ्जमा आगलागीको घटनासमेत भएको थियो । निगमभित्रै पनि गत साता तार सर्ट भएर आगलागी हु

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १३८ पटक पढिएको
  • बियरको बोतल प्रहार गरी साथीको हत्या गरेको स्वीकार

    उदयपुर, चैत २४ गते । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको

    • प्रकाशित मितिः चैत २४, २०७८
    • १११ पटक पढिएको
  • गिटी अनलोड गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    झापा,चैत २३ गते । झापाको हल्दिबारी गाउँपालिका२ पशुपति चोक स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्बर को टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी ५ का ४८ वर्षीय बिक्रम तामाङ घाईते भएका हुन् ।तामाङ लाई तत्काल उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • ११६ पटक पढिएको
  • पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

    काठमाण्डौ–सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध(तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्य

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२