X wada

समाज

    Showing ६६१-६७० of १,४५० items.
  • हात्ती पाइले रोगले शिवकुमार मण्डलको परिवार बिच्चलीमा

    सप्तरी,बैशाख ३ गते । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामीको परिवार बिच्चलीमा भएको छ । सरकारले हात्ती पाइले रोगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका–७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् ।सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको छ ।उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, झपाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्रो भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • ३०८ पटक पढिएको
  • आगलागी हुँदा एक बालकको मृत्यु, तीन घर जले

    सप्तरी,बैशाख ३ गते । सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।नगरपालिकाको वडा नम्बर१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो ।आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । यादवकै गोठघरमा आगलागी भएको हो ।आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १५२ पटक पढिएको
  • फोहोर नछुट्याइए कारबाही

    काठमाडौँ, वैशााख ३ गते ।  काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्र

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • २२६ पटक पढिएको
  • माग सम्बोधन गर्न सरकार सकारात्मक छ :गृहमन्त्री खाण

    काठमाडौं, वैशाख २ गते । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि।सं। २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गर्नुभएको थियो ।वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।त्यस्तै, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १३५ पटक पढिएको
  • मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

    ढल्केवर, वैशाख २ गते । मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहान

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • २६५ पटक पढिएको
  • सिरहा सलहेश फुलवारी

    सिरहा, वैशाख १ गते । प्रत्येक वर्ष झैँ यस वर्ष पनि नयाँ वर्षको आगमनसँगै सिरहा जिल्ला सलहेसमय भएको छ ।  लोकनायकका रूपमा चिनिने चौधौँ शताब्दीका प्रतापी राजा सलहेसको गाथाको सम्झनामा सिरहाको विभिन्न स्थानमा नयाँ वर्षको आगमनसँगै विशाल मेला र महोत्सव आयोजना हुँदै आएको छ ।सलहेस गाथाको सम्झनामा नयाँ वर्ष २०७९ को पहिलो दिनदेखि नै लहानस्थित सलहेस फूलबारी, पकडियागढ, सिरहा सदरमुकामस्थित महिसोथागढ, लक्ष्मीपुर पतारीस्थित पतारी पोखरीमा विशाल मेला महोत्सव लाग्ने गरेको छ । तीसबै मेला महोत्सवमध्ये मधेस प्रदेशको मुख्य सहर लहान नगरपालिका–१२, मा रहेको सलहेस फूलबारीमा फुल्ने मालाकार फूल सबैको आकर्षणको केन्द्र

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • २७९ पटक पढिएको
  • शिकारीको गोली लागेर एक युवकको मृत्यु

    बारा,बैशाख १ गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ मा गोली लागेर गम्भीर घाइते भएका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ का२८ वर्षीय सागर सिंजाली रहेका छन् ।राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १८१ पटक पढिएको
  • जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते

    वीरगञ्ज,बैशाख १ गते । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका –११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।दुर्घटनामा परी जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रह

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १५२ पटक पढिएको
  • छोरी बलात्कार आरोपमा बुवा पक्राउ

    पाँचथर,बैशाख १ गते । आफ्नै छोरी बलात्कार आरोपमा एक एकजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।फिदिम नगरपालिका ५ का ४३ वर्षीय एक पुरुष १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेको बालिकाकी आमालाई उद्धरित गर्दै प्रहरीले जनाएको छ । आमाले प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १३८ पटक पढिएको
  • ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कुटपिटसम्बन्धी कसुर अन्तर्गत सजाय

    जनकपुर,बैशाख १ गते । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुअर्वा गाउँका सरोजकुमार मण्डलमाथि ७ महिना अघि छुरा प्रहार भएको थियो । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । तर, उनलाई छुरा प्रहार गर्ने व्यक्तिलाई भने अदालतले उपचार खर्च व्यहोर्ने गरी यस अघि नै रिहा गरिसकेकाले पीडित परिवारले न्यायको अनुभूति गर्न पाएका छैनन् ।गत भदौ २६ गते राति गणेश पूजाको क्रममा सरोजकुमारमाथि स्थानीय एक समूहले छुरा प्रहार गरेको थियो । बहुअर्वा गाउँमा गणेश पूजाको अवसरमा आयोजित मेला हेर्न पुगेका सरोजकुमार मण्डल उक्त मेलमा दुई पक्षबीच भएको विवाद मिलाउने क्रममा आक्रमणमा परेको परिवारजनको भनाइ छ ।मेलामा सोही गाउँका

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२