X Sharama Funecure

समाज

    Showing २४१-२५० of १,४३९ items.
  • युवक मृत फेला, हत्याको आशंका

    जनकपुर,कार्तिक ९ गते ।जनकपुरको बेला स्थित घान खेतमा एक युवकको शव फेला परेको छ ।जनकपुरधाम उपमहानगरपालिकाका २३ बेलामा अन्दाजी २५ वर्षीय युवक खेतमा मृत भेटीएको हो ।पहिचान खुल्न नसकेको मृत भेर्टिका युवकको मुखमा रगत देर्खिको छ भने घटना स्थलको प्रकृतिले शंकास्पद रहेको धनुष प्रहरीले जनाउनु भयो ।घटना रातिकै हुन सक्ने  भएकाले थप अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको प्रहरीले उल्लेख गर्नु भयो ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • २१५ पटक पढिएको
  • नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण

    राजविराज, कात्तिक ७ गते । विजयादशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।  हिन्दु धर्मालम्बीहरुको महान् पर्व बडादसैंको विजयादशमीका दिन घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गर्ने प्रचलन छ । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन् । बिहान नुहाइधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन् । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महानन्द ठाकुरले बताउनुभयो

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • १८८ पटक पढिएको
  • जनकपुर राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाको बलि

    जनकपुरधाम,कात्तिक ७ गते  । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । अष्टमीको राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजे ५ मिनेट सम्म चलेको थियो ।अष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • २२२ पटक पढिएको
  • प्रादेशिक अस्पताल लहानमा दाताको नाम राखिने

    लहान, कात्तिक ५ गते । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् ।  मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई मधेश प्रदेश सरकारले २०७८ साल चैतमा प्रादेशिक अस्पताल लहान नामकरण गरेपछि दाता शारडा र मुरारका परिवार रुष्ट भएका थिए । दाता परिवारको नाम हटाउन नहुने भन्दै लहानमा यसको विरोध भएको थियो । त्यसपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले दाताको नाम थपेर अस्पतालको पुनः नामकरण हुनुपर्ने मागस

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • ३५५ पटक पढिएको
  • हात्तीको आक्रमणपछि बेपत्ता महिला मृत फेला

    रौतहट,कात्तिक ५ गते । रौतहटमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।शनिबार दिउँसो २ बजे चन्द्रपुर नगरपालिका वडा नं. ५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले जानकारी दिए।आक्रमणबाट सोही ठाउँकी ५४ वर्षीया अधनया देवी र पनावती कुमारी चौधरी घाइते भएका थिए। उनीहरू सामान्य घाइते भएका थिए। तर मनिया देवी कुमर फेला परेकी थिइनन्। हात्तीको आक्रमण पछि बेपत्ता भएकी मनिया देवीकी नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गरेको थियो। खोजी गर्ने क्रममा आइतबार बिहान साढे ७ बजे

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • १६७ पटक पढिएको
  • मरिच, केराउ र सुपारीको आयात खुल्ला

    काठमाण्डौ,कार्तिक ३ गते । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि मरिच,केराउ र सुपारीको आयात खुल्ला गरेको छ ।उद्ययोग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८० र ८१ का लागि सूचना प्रकाशित  गर्दै तीन प्रकारका वस्तुको आयात खुल्ला गरेको हो ।वस्तु आयातको कार्यविधि २०७८ को प्रक्रिया पुरा गरि उद्योगको कच्चा पदार्थको रुपमा उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिचे आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख गरेको छ ।नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • २२८ पटक पढिएको
  • वृद्ध दम्पतीको ६ लाख लुट्ने पक्राउ

    बर्दिबास, कात्तिक २ गते । वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलङ्गवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो ।गौशाला बजारस्थित एनआईसी बैङ्कबाट ६ लाख ३६ हजार रुपियाँ निकालेर घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र सूर्यकला देवीको रकम लुटपाट गरी फरार भएका थिए । सिसी क्यामेरा फुटेज तथा अल्फाबेट नखुलेको ७०५९ नंको भारतीय मोटरसाइकलको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ८८१ पटक पढिएको
  • सहयोगी बन्दै यात्रु सहायता कक्ष

    नवलपरासी,असोज ३० गते । नवलपुर जिल्लामा विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न ६ ठाउँमा सहायता कक्ष स्थापना गरेको छ । जसका कारण अहिले यात्रुहरुले आफुहरुलाई यात्रा गर्न पनि सहज भएको बताएका छन् ।पूर्वी नवलपरासीको नवलपुर जिल्लामा दशै, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।चाडपर्वलाई लक्षित गरेर नवलपुर जिल्लाको गैँडाकोट– २ पुलको नजिक, देवचुली – १३ दलदले चोक, कावासोतीको फलफुल चोक, बिनय त्रिबेणी गाउँपालीकाको ज्यामीरे र बिनय त्रिबेणी गाउँपालीका , नेपाल भारत सिम

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १८८ पटक पढिएको
  • कृषि औजार संचालनमा ल्याइने : मन्त्री न्यौपान

    सिरहा असोज २९ गते ।मधेश प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द वहादुर न्यौपानेले वीरगन्जमा रहेको कृषि औजार कारखानालाई पून संचालनमा ल्याइने वताउनुभएको छ । सिरहाको भगवानपुरमा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवम् ४३ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा राष्ट्रिय कृषक समूह महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री न्यौपानेले सो कुरा वताउनुभएको हो । अहिलेको समयमा कृषि यान्त्रिकीकरण विना कृषि कर्म गर्न असम्भव रहेको वताउँदै मन्त्री न्यौपानेले बीरगंजमा रहेको कृषि औजार कारखानालाई संचालनमा ल्याउनको लागि संघीय सरकारसँग छलफल चलिरहेकोले सो कारखाना संचालन गर्न स्थानीय

    • प्रकाशित मितिः असोज २९, २०८०
    • १८४ पटक पढिएको
  • बैंक द्वारा डिजिटल दानपेटि जडान

    सिरहा,असोज २८ गते । कामना सेवा विकास बैंक मिर्चैया शाखाले आज गोलवजारको दुर्गा मन्दिरमा डिजिटल दानपेटिका ( QR ) कोड जडान गरेको छ ।समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कामना सेवा विकास बैंक मिर्चैया शाखाले मन्दिरको विकास हुने उद्देश्यले उक्त स्थानमा डिजिटल दानपेटिका र फोहर व्यवस्थापनको लागी डस्टविन दिईएको बैंकका शाखा प्रमुख चन्द्रदेब पालले बताउनु भयो ।मन्दिरका अध्यक्ष राम चन्द्र यादबको उपस्थिति तथा स्थानिय बुद्धिजिवि र बैंकका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यकक्रम सम्पन्न गरेको बैंकका प्रमुख पालले बताउनु भयो । कामना सेवा विकास बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाजक

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १,२२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२