सिरहा,कार्तिक २० गते । सिरहामा वन कर्र्मचारी र प्रहरीले प्रतिबन्धित अबैध ठुलो परिमाणको काठ सहित दुई जनालाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय सिरहा,लहानबाट अधिकृत छैठौ देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको अधारमा गोलबजार नगरपालिका ४ मा रहेको गौरव काष्ठ मिलबाट प्रतिवन्धित कर्मा जातको करिव सय क्यूविक फिट गोलीया र चिरान काठसहित मिलबाट श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएका डिभिजनल वन अधिकृत सुजित कुमार झाले जनाउनु भयो ।
त्यस्तै मिल देखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलिले सानो ठूलो गरी १५ थान करिव एक सय चार क्यूविक फिट बराबरको कर्मा जातको काठ गोलिया लोड भएको ना.३ त ९६१५ नम्वरको ट्याक्टर र चालक गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विशेष सूनाको आधारमा प्रहरीले काठ लोड गरीएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको काठ सहितको ट्याक्टर र चालक थप अनुसंधानको लागी डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको प्रहरीले जनाइएको छ ।
स्रोतका अनुसार सो काठ गौरब काष्ठ मिलमा नै जाने बताउनु भयो ।
यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सत्य नारायण यादवले काष्ठ मिल संचालकबाट रकम लिएर काठ छोडेको सूचना वाहिरीए पछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलिले चिरान र गोलिया सहित ९९।२४ क्यूविक फिट काठ बरामद गरेको छ । वन कर्मचारीले काष्ठ चिरान मिलबाट साहलाई पनि नियन्त्रणमा लिएको छ ।
दुबै जना माथि डिभिजन वन कार्यालय सिरहा,लहानबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका प्रमुख सुजीत कुमार झाले बताउनु भयो ।



















