सिरहा,कात्तिक १४ गते । सिरहको धनगढीमाई नगरपालिकाबाट लागु औषध गाँजा सहित एक जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको गस्तीटोलीले विशेष सुचनाको अधारमा धनगढीमाई नगरपालिका १३ बाबुराम खोलाबाट १४ किलो गाँजा सहित सोही नगरापालिका १४ बस्ने वर्ष ५० वर्षीय पदम बहादुर विश्वकर्मालाई प्रहरीेले पक्राउ गरेको छ ।
पक्राउ परेका विश्वकर्मा माथि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



















