X wada

समाज

    Showing १,४२१-१,४३० of १,४५० items.
  • करणी गरेको अभियोगमा पक्राउ

    पाल्पा,कार्तिक २ गते । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका(११ बस्ने २० वर्षीय प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते  किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर  प्रहरीमा आएका थिए । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १४६ पटक पढिएको
  • पानीले रुनु न हाँस्नु बनाए

    सिरहा,कार्तिक २ गते । राति देखी परेको अबिरल बर्षाले किसानले घर भित्रयाउने वेलामा धान वाली नष्ट भएपछि किसान चिन्तित भएको छ ।खेतमा पाकेर थन्क्याउने बेलामा धान बालीमा क्षति पुगे पछि यहाँका किसानहरु चिन्तित भएका छन ।अविर वर्षाले धानलाई झार्नुका साथै बोट समेत ढलेका छ । भित्रियाउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको किसान शिब शंकर यादबले बताउनुभयो ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”उहाँले भन्नु भयो, रातिदेखि भएको अविरल वर्षाका कार

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १८७ पटक पढिएको
  • यो वर्ष सर्लाहीको हुलाकी सडक बन्छः मन्त्री यादव

    सिरहा कात्तिक १ गते । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यो वर्ष निर्माण भएरै छाड्ने बताउनुभएको छ ।  मन्त्री यादवले हुलाकी सडकको काममा अब विलम्ब नहुने बताउनुभएको हो ।अहिले सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवले उल्लेख गर्न भयो । मन्त्री भएपछि असोज २८ गते जिल्ला भ्रमणमा रहेका यादव पार्टी कार्यकर्तासँग भेटघाटमा ब्यस्त रहनुभएको छ ।  कार्यकर्तासँग भेट गरी मङ्गलवार गृहगाउँ बसन्तपुर हुँदै काठमाडौंं फर्किनु हुने जसपाका नेता एवं कविला

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ८४ पटक पढिएको
  • महिला हिंसा गर्ने होसियार मौन बस्‍ने सरकार खबरदार

    काठमाडौं,कार्तिक १ गते । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ ।पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन्। महिला हिंसा गर्ने होसियार १ मौन बस्‍ने सरकार खबरदार’, कबतक हिंसा सही सरकार, अबतौ न्‍याय दैब हमार’, हमारे मानव अधिकार कहाँ हे सरकार रु’ लगायतका नारा बोकेर पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् ।न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइ

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • १२३ पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले गर्याे ४३ लाख २१ हजार ८ सय २० मृत्यु दाबी भुक्तानी

    रामनारायण ठाकुरसिरहा,कार्तिक १ गते । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।सो बिमा वापतको रकम परिवारले बुझे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २३५ पटक पढिएको
  • ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं,असोज ३१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।काठ

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १२२ पटक पढिएको
  • एक पुरुषको शव फेला

    जनकपुर,असोज ३१ गते । धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १३६ पटक पढिएको
  • सामुदायिक विद्यालयमा १७ हजार शिक्षकको दरबन्दी खाली

    काठमाडौं,असोज ३१ गते ।  देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ ।केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ । त्यसो त दुई वर्षअघि दरबन्दी मिलान सुझाव कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको र सबैभन्दा बढी अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसयता दरबन्दीकै शिक्षकको पदपूर्ति हुन सकेको छैन ।आयोगका प्रशासकीय प

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १४० पटक पढिएको
  • तीन बालिका नौ जनाद्वारा सामूहिक बलात्कृत

    सिन्धुलीमाढी, असोज ३१ गते । सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् ।शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटा मध्ये तीन जनालाई पक्राउ गरिएको छ । बाँकी छ जना फरार छन् ।बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १६८ पटक पढिएको
  • धनुषामा घाँटी काटिएको अवस्थामा शव भेटियो

    जनकपुरधाम,असोज ३१ गते । घाँटी काटेर हत्या गरेको अवस्थामा धनुषामा एक व्यक्तिको शव भेटिएको छ । नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • ९३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२