X wada

समाज

    Showing १,३९१-१,४०० of १,४५० items.
  • पर्सामा बाल विवाह र दाइजोको विरोधमा नाटक देखाइँदै

    वीरगञ्ज,कार्तिक ७ गते – तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् ।आफ्ना लागि केही चाहिन्न पनि भन्छन् । तर हुनेवाला सम्धीलाई बुहारीका लागि दिनु भन्दै १० लाख नगद, मोटरसाइकल, फ्रिज, वासिङ मेसिन लगायत गरी लाखौंको दाइजो माग्छन् । पण्डितले उत्तम साइत रहेको बताएपछि कुरा चलेको भोलिपल्टै विवाह गर्ने तय हुन्छ ।केटीका बुवाले क्षमता नभएपनि छोरीको विवाह एक दिन त गर्नैपर्छ भनेर दाइजोक

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ११६ पटक पढिएको
  • आमाकै संलग्नतामा छोरी बलात्कृत स् मुद्दा कमजोर बनाउन प्रहरी नै लागेको आरोप

    विराटनगर,कार्तिक ७ गते – आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ।विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्।प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।ु आफ्नो साक्षीको बकपत्र समेत नगराएको उनको आरोप छ । लामो समयसम्म बकसपत्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १४२ पटक पढिएको
  • इटहरीमा बाल विवाह गर्ने बेहुला बेहुलीसहित आमा बुवा पक्राउ

    सुन्सरी,कार्तिक ७ गते – इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ बर्षिया बालिकाको सन्दिप रसाइलीसँग बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरि मुद्दा चलाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीले ४ जनालाई असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो ।४ जना उपर सुनसरी जिल्ला अदालतबाट वाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ११४ पटक पढिएको
  • मानव बेचबिखनमा संलग्न खड्का पक्राउ

    काठमाडौं,कार्तिक ७ गते –मानव बेचबिखनमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। डेनमार्क बेल्जियमको होटलमा हेल्पर काममा लगाइदिने बाहानामा बेचबिखन गर्ने बाग्लुङका राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरेको हो। खड्कालाई  काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिइ प्रहरीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग द्ववेदीले बताए। मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी  प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ ठगी गरेका थिए।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०१ पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

    दाङ,कार्तिक ७ गते – तुलसीपुर उपमहानगरपालिका-८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।  यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवात

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १३३ पटक पढिएको
  • बाटो अवरुद्ध भएपछि स्थानीयलाई आउजाउमा समस्या

    सिरहा, कात्तिक ७ गते – बाजुरामा केही दिन अघि अस्थायी रुपले सुचारु भएको साँफे–मार्तडी लोकमार्ग वर्षाका कारण पुनः अवरुद्ध भएपछि स्थानीयलाई आउजाउ गर्न समस्या परेको छ । साँफे मार्तडी लोकमार्ग अन्तरगत पर्ने बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको तलमाथि दुवैतिरबाट पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएपछि बाजुराका स्थानीयवासीले दैनिक उपभोग्यका सामग्री ठुवानी गर्दा निकै सास्ती खेप्दै आउनुपरेको हो ।बडिमालिका नगरपालिका ६ कोर्धका स्थानीय व्यापारी दल बडुवालले भन्नुभयो, “पसलमा सामान सकिएको पाँच दिन भयो, पहिरोका कारण बाटो बन्द भएपछि दैनिक उपभोग्य सामान ल्याउन सकिएको छैन ।”उहाँले भन्नुभयो, “गाडी नचले पनि भरियामार्फत स

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १३२ पटक पढिएको
  • तीन जना सिकारी पक्राउ

    रौतहट,कार्तिक ७ गते । डिभिजन वन कार्यालय रौतहटका सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा सशस्त्र वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेको चोंचा सेक्टर वनका अधिकृत राजेश साहले बताए । उनीहरुले वन क्षेत्रभित्रै एकथरी संरक्षित चराको गुँड बाट १४ वटा बच्चा निकालेर मारेका छन् ।उनीहरुको साथबाट गरुडजस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर म

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १५२ पटक पढिएको
  • महिलाले शव बोकेर घाटसम्म पुर्‍याएर दागबत्ती र दाहसंस्कार गरे

    सिरहा,कार्तिक ६ गते – छोरीले शव बोक्न तथा  काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्‍याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय  जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्‍याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए । छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पुर्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०२ पटक पढिएको
  • ४५ वर्षदेखि बाह्र सय परिवार लालपुर्जाविहीन,लालपुर्जा वितरणमा थप अन्योल कायम

    सिरहा, कार्तिक ६ गते । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकियो । कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः केही काम हुँदै थियो । पुनःकोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो । “तिहारपछि अर्थात् आउँदो मङ्सिरदेखि का

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १११ पटक पढिएको
  • धनुषा स् हत्याको प्रयास गर्ने एक पक्राउ

    जनकपुरधाम,कार्तिक ६ गते । धनुषामा एक महिलाको गहना लुट्न हत्याको प्रयास गरिएको छ ।विदेह नगरपालिका–६ गिद्धा बस्ने ५० वर्षीया जमुनी देवीको गहना लुट्नको लागि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामभजन महतोलाई पक्राउ गरेको छ । शुक्रवार विहान ११ वजे चौरमा घाँस काटिरहेको वेला महतोले जमुनीको घाँटीमा छुरा राखि गहना लुट्ने प्रयास गरेपछि होहल्ला भएर आरोपी फरार भएको थियो । छुरा प्रहारले जमुनीको घाँटीमा घाउखत भई रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । अहिले जमुनीको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न रहेका महत

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२