X wada

समाज

    Showing १,२७१-१,२८० of १,४५० items.
  • गोदाममा आगलागी , नियन्त्रणका लागि ६ दमकल खटाइयो

    सिरहा,मंसिर १७ गते । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२२ पटक पढिएको
  • जनकपुरधाममा माछा,मासु र मदिरा विक्रीमा रोक

    सिरहा,मंसिर १७ गते – विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार ९आज० देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए । आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ 

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२२ पटक पढिएको
  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    सिरहा,मंंसिर १७ गते – बेनिघाट रोराङ गाउँपालिका–३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानरगपालिका–१७ बस्ने २३ वर्षीय संजय तामाङ र  सोही महानगरपालिका–१६ बस्ने २४ वर्षीय कृष्ण परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ना.२९ प ७४४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ&nb

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ९६ पटक पढिएको
  • ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

    सिरहा,मंसिर १७ गते – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा. १ प. ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ। श्रीमती घाइते भएकी छिन्। आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।  उनकी श्रीमती सपना विक घाइते भएकी छिन्। उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र)आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ७९ पटक पढिएको
  • फरार आठ अभियुक्त पक्राउ

    सिरहा,मंसिर १७ गते – जिल्ला अदालत सिरहाबाट सजाय आदेश भइ फरार रहेका आठ अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मुद्दामा सजाय भइ फरार भएका ८ अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आठै अभियुक्तलाई जिल्ला अदालत सिरहा समक्ष पेश गरिएको उनले बताए । सुखिपुर नगरपालिका–५ का ३८ वर्षीय कासिन्द्र यादव, लक्ष्मीपुरपतारी गाउंपालिका–५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मा, लहान नगरपालिका–।२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादव, सुखिपुर नगरपालिका– ५का ३८ वर्षीय कासिन्द्र यादव, सिरहा नपा– १२ गम्हरिया टोलका ४५ व

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १४३ पटक पढिएको
  • प्रदेश २ मा बढ्यो आत्महत्या

    सिरहा,मंसिर १७ गते – प्रदेश २ मा दिनानुदिन आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि हुंदै गएको छ ।प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार प्रत्येक दिन करिब तीन जनाले आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्षको मंसिर १५ गतेसम्म प्रदेशभरि २ सय ६१ जनाले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्ष २०७७÷०७८ मा ९ सय ५९ जनाले आत्महत्या गरेको छ । डेढ वर्षको अवधिमा सब भन्दा बढी सिरहा जिल्लामा २ सय १२ जनाले आत्महत्या गरेका छन् भने धनुषामा २ सय ४, बारामा १ सय ८६, रौतहटमा १ सय ४५,पर्सामा १ सय ४३, सप्तरीमा १ सय ३५,महोत्तरीमा १ सय २२ जनाले आत्महत्या गरेको देखिएको छ । प्रदेशको सर्लाही जिल्लामा सबभन्दा कम ७५

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ८४ पटक पढिएको
  • हेलिकोप्टर चार्टर्ड गरेर विवाह

    वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १६० पटक पढिएको
  • सूचना प्रवाह छिटो छरितो बनाउन आग्रह

    सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई  राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ ।  आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि,  कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो ।  सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • २८२ पटक पढिएको
  • चार वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु

    सिरहा,मंसिर १६ गते – सिरहामा ४ वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु भएको छ । सिरहाको गोलबजार नपा ७ कदिमाटोलका श्यामसुन्दर यादवको ४ वर्षिय छोरा आरएनको विद्यालय नजीकैको पोखरीमा डुवेर मृत्यु भएको हो ।घरबाट पढ्न विद्यालय गएका बालक विद्यालय नजीकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा साथीहरुले देखेपछि शिक्षकलाई खवर गरेका थिए । शिक्षक तथा स्थानीयले प्रहरीलाई खवर गरेपछि तत्काल प्रहरी पुगेर उद्धार गरेपनि बालकको मृत्यु भईसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । पोखरी नजीकै उनको खेतमा उनको हजुरआमा गएको देखेर बालक त्यहाँ जाँदा पोखरीको भिरालो डिलबाट लढेर पानीमा डुवेको हु

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • २६१ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    सर्लाही,मंसिर १६ गते – हरिवन नगरपालिका–६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका–२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१० प. ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र  सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ११५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२