X wada

समाज

    Showing १,०९१-१,१०० of १,४५० items.
  • आगो ताप्दा जलेर घाइते महिलाको मृत्यु

    वीरगञ्ज,पुष २४ गते –  वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो ।पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो । वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १२३ पटक पढिएको
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु

    दाङ,पुष २४ गते –  बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई बाघले आक्रमण गरेको थियो ।चौधरीको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो 

    • प्रकाशित मितिः पुस २४, २०७८
    • ११९ पटक पढिएको
  • सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

    सिरहा,पुष २४ गते – बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको  न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने  भूमिकाबारे उनले  जानकारी गराए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुर्व्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका स

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १४७ पटक पढिएको
  • निर्माणधीन घरमा बालिकाको शव भेटियो

    वीरगञ्ज,पुष २४ गते –  वीरगञ्ज महानगरपालिका– १६ नगवामा एक बालिकाको शव भेटिएको छ ।वीरगञ्ज– १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १२३ पटक पढिएको
  • क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

    सिरहा,पुष २४ गते – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन्  । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन   ।  मुख्यमन्त्री राउले भन, “अ‍ेब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।” लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्य

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १४३ पटक पढिएको
  • गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव भेटियो

    वीरगञ्ज,पुष २४ गते –  पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् ।गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई सूचना दिएका थिए । बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । बालक चारदिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए ।बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शं

    • प्रकाशित मितिः पुस २४, २०७८
    • २०५ पटक पढिएको
  • क्यान्सर रोगीलाई थप सहयोग गर्ने

    सिरहा,पुस २३ गते ।  प्रदेश नं.२ का मुख्यमन्त्रीलालबाबु राउतले क्यान्सर रोगीलाई प्रदेश सरकारबाट दिंदै आएको सहयोगमाथप गर्ने घोषणा गर्नुभएको छ ।आज सिरहाको धनगढीमाई नगरपालिकाको वाटिका टुरिजममा आयोजित नेपाल अर्बुद्घ रोग निवारण संस्थाको ३१ आंै वार्षिक साधारण सभामा बोल्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट जनही एक लाख रुपैयाँदिंदै आएको बताउनुहुँदै अबका त्यस्ता रोगीहरुको लागि मासिक रुपमा करिव पाँचहजार दिने आश्वासन दिनुभयो ।विशेषतः खैनी, गुट, चुरोट, धु्रमपान लगायतको सेवनबाट हुने रोग भएकाले सार्वजनिक स्थलमायी यस्ता सामानहरु बिक्रीवितरण गर्नमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशनगर्दै मुख्यमन

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १७४ पटक पढिएको
  • सुख्खा मौसममा पनि बलान नदीले खेतियोग्य जमिन काटदै

    सिरहा, पुष २३ गते –  सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले सुखा मौषममा पनि लाहान–२३ कडरिया तिलेबोनाका किसानहरुको खेतियोग्य जमिन काटिरहेको छ । पश्चिमतिरबाट थालेको कटान नियन्त्रण नभए यसवर्ष वर्षाको समयमा ठूलो क्षति हुने भयले स्थानीय किसानहरु चिन्तित भएका छन् ।सयौं बिघा जमिन काटेर कति स्थानीय किसानहरुलाई सुकम्बासी बनाइ दिएको बलान नदीले गरिरहेको कटान नियणत्रण गर्न नगरपालिकासँग गुहार मागेपछि नगरपालिकाको सीमित बजेटबाट क्रेटिङग गर्न नसकिने स्थानीय अशेश्वर यादवले बताउनुभयो । उहाँको अनुसार दश विस लाख बजेटले भए लहान नगरपालिका नियन्त्रण गरिदिन्थ्यो । तर क्रेटिङगको लागि करोडौं रकम लाग्ने देखिएकाले

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १५९ पटक पढिएको
  • होटलमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ

    सिरहा, पुष २३ गते  २३ –  गते धनगढीमाई नगरपालिका– १० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका– ११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका– १२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका– २ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन् । लेनदेनको बिषयलाई लिएर उनीहरुले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै  उक्त घटनामा संलग्न उनीहरुला

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १४१ पटक पढिएको
  • बौद्धमा युवती र युवक मृत फेला

    काठमाडौं, पुष २३ गते – काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला पर्नुभएको हो । धारिलो हतियार प्रयोग गरि दुवै जनाको हत्या गरिएको देखिएको एसपी मैनालीले बताउनुभयो ।म

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १२६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२