X Sharama Funecure

राष्ट्रिय

    Showing ६८१-६९० of ९९३ items.
  • आज देखी माघ १५ गते सम्म विद्यालय बन्द

    सिरहा,पुष २७ गते । सिरहा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तीलाई आधार मान्दैआज देखि माघ १५ गतेसम्म आधारभुत र माध्यमिक विद्यालय बन्दको निर्णय गरेको छ ।कोभिड १९ को संक्रमण पुनः तिव्ररुपमा फैलनुकासाथै ओमिक्रोन भेरियन्टको संक्रमण देखिन थालेपछि वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ सम्म माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।बैठकले विश्वविद्यालय र शैक्षिक प्रीतष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर र वर्षिय परीक्षा कार्यक्रमहरु जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने गरी प्रवन्ध मिलाउन सवैलाई जानकार

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १७१ पटक पढिएको
  • एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि

    सिरहा,पुष २६ गते । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३६ पटक पढिएको
  • सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाडौं,पुष २६ गते –  यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा। लोकनाथ भुषालले बताए । विभागले गत मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उनका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भएरनभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता भुषालले बताए । कम्पनीले प्लेट छापेर

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १५४ पटक पढिएको
  • प्रधानमन्त्री कप टी– २० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

    सिरहा,पुष २६ गते – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी– २० फर्म्याटमा खेलाइँदैछ ।त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १७४ पटक पढिएको
  • सुरुङ मार्गप्रति आकर्षण बढ्दो

    काठमाडौँ, पुष  २६ गते – काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको स

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३२ पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज

    काठमाडौँ, पुष २६ – गते । नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ । विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ । आफ्नो स्थायी बसोबास गर्ने जिल्ला प्रशासन कार्यालय तथा विभागले सञ्चालन गरेको अतिरिक्त स्थानबाट सहजै परिचयपत्रको नम्बर हासिल गर्न सकिने विभागले जनाएको छ । जसरी नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालयमा फाराम भरिन्छ, त्यसैगरी परिचयपत्रका लागि फाराम भर्न

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १९४ पटक पढिएको
  • प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

    विराटनगर,पुष २५ गते । पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १२५ पटक पढिएको
  • रेल्वेका १४ हजार क्लिप फेरि चोरिए

    जनकपुर,पुष २४ गते । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो  छैन । हुन त रेल संचालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ । यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसाध

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १२८ पटक पढिएको
  • प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

    सिरहा,पुष २४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड–१९ को संक्रमण भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए । नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसकेका छन् । 

    • प्रकाशित मितिः पुस २४, २०७८
    • ९८ पटक पढिएको
  • क्यान्सर रोगीलाई थप सहयोग गर्ने

    सिरहा,पुस २३ गते ।  प्रदेश नं.२ का मुख्यमन्त्रीलालबाबु राउतले क्यान्सर रोगीलाई प्रदेश सरकारबाट दिंदै आएको सहयोगमाथप गर्ने घोषणा गर्नुभएको छ ।आज सिरहाको धनगढीमाई नगरपालिकाको वाटिका टुरिजममा आयोजित नेपाल अर्बुद्घ रोग निवारण संस्थाको ३१ आंै वार्षिक साधारण सभामा बोल्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट जनही एक लाख रुपैयाँदिंदै आएको बताउनुहुँदै अबका त्यस्ता रोगीहरुको लागि मासिक रुपमा करिव पाँचहजार दिने आश्वासन दिनुभयो ।विशेषतः खैनी, गुट, चुरोट, धु्रमपान लगायतको सेवनबाट हुने रोग भएकाले सार्वजनिक स्थलमायी यस्ता सामानहरु बिक्रीवितरण गर्नमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशनगर्दै मुख्यमन

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२