सिरहा,फालगुन २ गते । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा ब
सिरहा,फागुन १ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन्। ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण
सिरहा,माघ २९ गते । आईतबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबार सुरु भएको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आजबाट चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने, पार्टीको अगामी साङगाठनिक काम र फाल्गुन एक गतेदेखि तय भएको विधान सम्मेलनबाट समेत छलफल हुने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले वताउनुभयो ।
सिरहा,माघ २८ गते । मधेश प्रदेश सरकारले सवारी साधनको सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा याता
काठमाडौं, माघ २१ गते । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गर्नुभएको छ ।सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार (आज) सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गर्नुभएको हो ।सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको छ । दैनिक नेपाल बाट
काठमाडौँ, माघ २१ गते। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्
काठमाण्डौ,माघ १८ गते ।सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा। सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माल
काठमाण्डौ,मघ १८ गते। प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा र व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि थापालाई काठमाडौंको बत्तीसपुतलीबाट तथा लैनचौरबाट चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी चौधरीलाई पनि का पक्राउ गरेको जनाईएको छ ।सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।
काठमाडौँ, माघ १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा ने
काठमाण्डौ,माघ १६ गते । सरकारले वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग चलाउन प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले समेत चासो देखाएका हुन् । सरकारको स्वामित्वमा रहेका तर बन्द अवस्थाका विभिन्न ७ वटा उद्योग सञ्चालनका लागि सरकारीस्तरबाट पहल भइरहेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जसरी पनि ७ वटा रुग्ण उद्योग चलाएरै छाड्ने योजना बनाएको छ । अघिल्ला उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो कार्यभार सम्हाल्दै रुग्ण उद्योग चलाउने घोषणा गरेका थिए । उक्त घोषणालाई वर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.