सिरहा,माघ २९ गते । आईतबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबार सुरु भएको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । 

आजबाट चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने, पार्टीको अगामी साङगाठनिक काम र फाल्गुन एक गतेदेखि तय भएको विधान सम्मेलनबाट समेत छलफल हुने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले वताउनुभयो ।