X Sharama Funecure

राष्ट्रिय

    Showing ५४१-५५० of ९९३ items.
  • फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर

    भरतपुर, फाल्गुन २२ गते । चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा काम

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १५३ पटक पढिएको
  • ७९ जना चयनको लागि कंग्रेसको नोमिनेशन भोलि विहानसम्म

    सिरहा,फाल्गुन २१ गते । सिरहाको गोलबजामा भईरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनौटको लागि हुने नोमिनेशन समयावधि भोलि १० बजेसम्मलाई लम्ब्याएको छ । आज दिनभरको प्रयासको बाबजुद पनि सहमति हुन नसकेपछि भोलि १० बजेसम्म नोमेनेशनको समयावधि बढाइएको निर्वाचन अधिकृत संजीव कुमार लामाले उल्लेख गर्नुभयो । निर्वाचन अधिकृत लामाका अनुसार भोलि आइतबार नोमोनेशनको समयावधि समाप्त हुने वितिकै दावी विरोध तथा नाम फिर्ताको लागि दुई दुई घण्टा समय दिई अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिने जनाउनुभयो ।  नेपाली कांग्रेसले १४ औं सिरहा जिल्ला अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष २, सचिव २, सह सचिव २

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • २१२ पटक पढिएको
  • नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै

    सप्तरी,फाल्गुन २१ गते । नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेका छन् ।सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका  केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • ११३ पटक पढिएको
  • न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा

             सिरहा,फाल्गुन २० गते ।  दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ । विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । युवाहरुलाई प्राविधिक शिक्षा

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • २२३ पटक पढिएको
  • सिरहा र झापामा दुई जना किशोरी बलात्कृत

    काठमाडौं,फाल्गुन २० गते । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ । घरमा

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • १०२ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन स् मतदाता नामावलीमा आजदेखि दाबी–विरोध

    सिरहा,फाल्गुन २० गते । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी(विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ११३ पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    काठमाडौं,फाल्गुन २० गते । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५।३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।यो मूल्य समाय

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ११३ पटक पढिएको
  • महाकवि विद्यापति संग्राहलय

    सिरहा फागुन १९ गते । ऐतिहासिक तथा पुरातात्विक स्थल सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखर बनौलीमा रहेको महाकवि विद्यापति गढमा घेराबेरासँगै संग्राहलय भवन र शिव मन्दिरको निर्माणको कार्य भइरहेको छ । ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न रहेको उक्त स्थानलाई संरक्षण सम्बर्धन गर्न प्रदीप गिरीको सांसदीय विकास कोषबाट ४५ लाखको लागतमा विभिन्न संरचनाहरुसँगै बन्न लागेको दुई तल्ले भवनभित्र पहिलो तल्लामा कार्यालय र पाहुना घर तथा अर्को तल्लामा महाकवि विद्यापति सम्बन्धी भेटिएका प्रमाणहरुको संग्रहसँगै दस्तावेज, लेख, रचनाहरु रहने जनाइएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको विद्यापति गढलाई पुरातत्व वि

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १०९ पटक पढिएको
  • निर्वाचनमा उम्मेदवारको खर्च सीमा

    सिरहा,फाल्गुन १९ गते । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन हँुदैछ । सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ । तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवश्यक हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ । निर्वाचनमा दलले र उम्मेदवारले गर्ने खर्चको सही व्यवस्थापन हुन सकेन भने त्यसले उम्मेदवारहरू बीचको प्रतिस्पर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १३० पटक पढिएको
  • अदालतको फैसला कार्यान्वयन नहुँदा दिदी बहिनी वर्षोदेखि सास्तीमा

    जनकपुर,फाल्गुन १८ गते । धनुषाको विदेह नगरपालिका दिदी–बहिनी अदातलले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षोदेखि बेगघर भएकी छिन् ।विदेह नगरपालिका–७ बस्ने किशोरी देवी सुडि र उनकी बहिनी पार्वती देवी सुडिले अंश मुद्दामा जिल्ला अदालत हुँदै सर्वोच्च र पुनः जिल्लाबाट दुवै दिदीबहिनीको पक्षमा फैसला भईसक्दा पनि उनी अंश पाउन सकेकी छैनन् । २०४९ सालमै जिल्ला अदालतमा किशोरी देवी र पार्वतीले साढे ४ कठ्ठा जग्गा र त्यसमा भएको घरमा अंशका लागि आफ्ना काकाका छोरा वैद्यनाथ महतो विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले सो मुद्दामा २०४९ साल चैत २४ गते दिदीबहिनको हकमा फैसला गरेको थियो । तर महतोले उक्त पैmसला विर

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२