X Sharama Funecure

राष्ट्रिय

    Showing ५३१-५४० of ९९३ items.
  • सिरहा र धनुषासहित ४१ जिल्लामा सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्दे

    सिरहा,फागुन २६ गते – राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ ।चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो । आयोगले बिहीबार जारी गरेको सूचन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ४२२ पटक पढिएको
  • नेपाली काँग्रेस सिरहा :संस्थापनइतरको समानान्तर समिति घोषणा

    सिरहा,फाल्गुन २६ गते । नेपाली काँग्रेस सिरहामा संस्थापनइतरको सभापतिका उम्मेदवार रहेका रामसुन्दर चौधरी नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्र्तगत सोमवार भएको मतदानमा शक्तिको आडमा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट संस्थापनइतर पक्षले समानान्तर जिल्ला कार्य समितिको वुधवार घोषणा गरेको छ ।सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचनमा होमिएका चौधरी नेतृत्वको प्यानललाई नै समानान्तर कार्य समिति घोषणा गरेको हो । जिल्ला कार्य समिति घोषणा गर्दै निर्वााचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १३८ पटक पढिएको
  • ७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

    काठमाडौं,फाल्गुन २६ गते। संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् ।संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय न

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १२१ पटक पढिएको
  • दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी

    सिरहा,फाल्गुन २६ गते । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।नेपाल प्रहरी अस्पताल  महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।  त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १०७ पटक पढिएको
  • माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै

    सिरहा,फाल्गुन २५ गते । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए । आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १५५ पटक पढिएको
  • ऋण तिर्न नसकेपछि विष सेवन

    काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । त्यसमा उल्लेख भएअनुसार घटनामा आर्थिक कारण जोडिएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घटनास्थलबाट ‘सुसाइड नोट’ फेला पारेको हो ।एकको मृत्यु, चार गम्भीरआर्थिक लेनदेन कारण रहेको ‘सुसाइड नोट’ भेटियोसो सुसाइड नोटमा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • ११९ पटक पढिएको
  • मतपत्रबाटै स्थानीय निर्वाचनमा मतदान

    काठमाडौँ, फाल्गुन २५ गते । स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण ९इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम० प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम प्रयोग हुने अवस्था रहेन ।” स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उहाँले बताउन

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • २१२ पटक पढिएको
  • भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

    सिरहा,फाल्गुन २४ गते । । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो ।घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक ९एसपी० शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२३ पटक पढिएको
  • विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

    सिरहा,फाल्गुन २३ गते । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।  अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार  जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।   त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरी

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १५६ पटक पढिएको
  • महोत्तरी कांग्रेस सभापतिमा यादव

    महोत्तरी, फागुन २२ गते । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्र

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • ११९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२