X wada

राष्ट्रिय

    Showing २९१-३०० of १,००२ items.
  • उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालक कारबाहीमा

    काठमाडौं,ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी

    • प्रकाशित मितिः असार २१, २०७९
    • २०७ पटक पढिएको
  • बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    काठमाडौं । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ ।तर, सो प्रतिवेदन सर्वोच्च प्रशासनले दराजमा थन्काएर राख्दै आएको छ । समितिहरूले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा अहिले पनि न्यायालय बिचौलियाकै घेरामा रहने गरेको र न्यायालयभित्रै न्याय किनबेच हुने गरेको सरोकारवालाको दाबी छ ।कहिले होला सुधार ?पछिल्लोपटक सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले न्यायालयमा व्यापक रूपमा भ्रष्टाचार हुने गरेको र

    • प्रकाशित मितिः असार २०, २०७९
    • १८१ पटक पढिएको
  • सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

    काठमाडौं, असार २० गते । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोब

    • प्रकाशित मितिः असार २०, २०७९
    • १७३ पटक पढिएको
  • नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    काठमाडौँ, असार १९ गते ।  वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०ले जनाएको

    • प्रकाशित मितिः असार १९, २०७९
    • २३८ पटक पढिएको
  • अस्थायी पुल बगाएपछि स्थानीयलाई सास्ती

    धनगढी, असार १७ गते । कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो । अहिले खेतीपातीको काम भइरहेका बेला सो पुल भएर केयौं गाउँका स्थानीयवासी खेतसम्म आउनेजाने गरेका थिए । बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय रामलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नुपरिरहेको छ । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • २२२ पटक पढिएको
  • मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान

    सिरहा,असार १६ गते । मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब ९रेड बुक० छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।केही प्रदेशमा बजेटमाथि छलफल सकिएर विनियोजन विधेयक पारित भइसके पनि मधेस प्रदेशले भने बजेटमाथि छलफल प्रारम्भ नै गर्न नसकेको हो ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • ११२ पटक पढिएको
  • नगरसभा बहिस्कार गर्दै जनप्रतिनिधिले च्याते रातो किताब

    पोखरा, असार १० गते । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् ।उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले बताइन् ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • २१३ पटक पढिएको
  • ७५३ स्थानीय तहले आज बजेट ल्याउदै

    सिरहा,असार १० गते । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९र८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान ९समानीकरण, सशर्त, विशेष र समानीकरण०, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदे

    • प्रकाशित मितिः असार १०, २०७९
    • १८० पटक पढिएको
  • इन्धनको मूल्य घटाउने आपूर्तिमन्त्रीको संकेत

    काठमाडौं, असार १० गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गर्नुभएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो। बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले  सरकारको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताउनुभयो।“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यको समायोजनका लागि संसदम

    • प्रकाशित मितिः असार १०, २०७९
    • १८९ पटक पढिएको
  • एकको मृत्यु १ दर्जनबढी घाईते

    सप्तरी,असार १० गते । सप्तरी विहिबार भएको बस दुर्घटनामा एकको मृत्यु  भएको छ भने अन्य सबार ११ जना घाइते भएका छन् ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित  पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना ५ ख १८९८ नं को यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिब ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी( ३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीय

    • प्रकाशित मितिः असार १०, २०७९
    • १६८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२