सिरहा,कार्तिक ५ गते । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।न्यायाधीश डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट स्थगित गरिएको हो ।२०६४ सालको संविधानसभा निर्वाचनको समयमा इँट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशमा आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध आलमले उच्च अदालत हुँदै सर्व
५ गते कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए ।नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै घिसिङले यस्तो अप्ठेरो अवस्थाको अनुमान भएर पनि विगत एक वर्षमा पर्याप्त काम नगर्दा समस्याको अवस्था आएको बताए ।दैनिक ४-५ सय मेगावाट बिजुली अहिले ‘स्पिल’ (खेर) भइरहेको छ,’ उनले भने,हामीले यो अवस्थाको आकलन गरेर एक वर्षअघिबाटै काम गर्नुप
सिरहा,कार्तिक ५ गते । १० बुँदे कार्यान्वयन गर्ने सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा देखिएको विवाद अन्त्य भएको छ ।एमाले चितवनको बिहीबार भरतपुरमा बसेको १०औं जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको एमाले चितवनका निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।एमाले २०७५ जेठ २ मा फर्किने सन्दर्भमा एमाले चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ मा फर्किदा चितवन निर्वाचन क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल अध्यक्ष हुनुपर्ने थियो ।सांसद पोखरेल १० बुँदे सहमतिभन्दा अगाडि नै एमालेको मूल प्रवाहमा समेटिसकेका थिए । उनले क्यान्सर अस्पताल भरतपुरको अडिटोरियम हलमा २०
५ गते कात्तिक चितवन । चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि बताए ।एमाले स्थायी समितिको बैठकले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार बिहान एमालेले चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन तयारीको शुभारम्भ गरिएको जनाएको छ ।पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसहरुलाई सहभागी गराइने बताए ।उदघाटन र बन्दसत्र गर्ने स्थानको खोजीमहाधिवेशनको
५ गते कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिएनेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्
सिरहा, कार्तिक ४ गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् । अनलाइन खवरबाट साभार
सिरहा, कार्तिक ४ गते । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।अनलाईन खवरबाट साभार
सिरहा,कार्तिक ४गते । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।यद्यपि, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै
सिरहा,कार्तिक ४ गते । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो ।माओवादी प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको जानकारी दिए । प्रवक्ता महराका अनुसार माओवादीले देशभर सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएको छ ।यी हुन् सम्पर्क समिति र विभागहरु प्रमुखप्रवक्ता महराका अनुसार १७५ सदस्यीय सम्पर्क समिति डिलाराम आचार्यको संयोजकमा गठन गरिएको छ ।अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन छन् । संग
सिरहा,कार्तिक ४ गते ।समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका छन् । उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको जनाएको छ ।‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै छ , कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।गाउँको विकास हुनु
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.