भरतपुर, माघ २८ गते – राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थ
काठमाडौं, माघ २८ गते– गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन
काठमाडौं,माघ २८ गते – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग टेलिफोन वार्ता गरेका हुन्।अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा तीन जनै नेतासँग छलफल भएको हो। छलफलका क्रममा मन्त्री लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने चेतावनी दिएको बताइएको छ। एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले मन्त्री लु र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता
राजविराज,माघ २८ गते – प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको चयन मनोमानी तरिकाले गरेको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउंपालिका–७मा रहेको श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ ।मनपरी ढंगले समितिको निर्वाचन गरिएको र सो समिति भंग गरी सबै अभिभावकको सहमति हुने किसिमले समितिको पुर्नगठन गर्नु पर्ने माग गर्दै स्थानीय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका हुन् । एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानून मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउंदै अभिभावकहरुले तालाबन्दी गरेका छन् । स्थानीय अभिभावक उ
काठमाडौं, माघ २८ गते – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनका लागि अहिले ५० अर्ब रुपियाँ बजेट माग भएको बताउनुभएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेटको अर्ध वार्षिक समीक्षाका क्रममा उहाँले उक्त जानकारी दिनुभएको हो । “बजेटमा चुनावका लागि १० अर्ब रुपियाँ मात्र व्यवस्था गरेको अवस्था छ” उहाँले भन्नुभयो तर बढी माग हुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने चाप पनि छ ।यसैबीच स्थानीय तहको निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयको बजेटको ठूलो हिस्सा म्यादी प्रहरीको तलब र सुविधामा खर्च हुने भएको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग १७ अर्ब ६० करोड रुपियाँको बजेट तयार गरेकोमा
काठमाडौं, माघ २८ गते – सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।” उहाँले सो रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रे
कलैया,माघ २८ गते – जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा जनप्रतिनिधिले तोडफोड गरेका छन् ।योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोशित वडा नं।१७ का वडा अध्यक्ष नवराज खड्काले तोडफोड गरेका हुन् । बजेट सिलिङ्ग भित्र वडाले छनोट गरेको योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रोशित खड्काले नगरप्रमुख डा।कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकीय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामग्रीमा क्षति पुगेको छ । यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर लगायतको सामग्री तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा गएको टोलीले क्षतिको मुचुल्का गरेको छ
जनकपुर, माघ २७ गते – मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड
सिरहा,माघ २७ गते – सात प्रदेशमध्ये सबैभन्दा पहिले मधेसले प्रदेश प्रहरी ऐन ल्यायो। तर, चार वर्ष बित्न लाग्दा पनि कार्यान्व्यनमा गएको छैन। संघीय सरकारको उदासिनताका कारण प्रहरी भर्ना गर्न नपाएको प्रदेश सरकारको बुझाइ छ। यहाँका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बुधबार प्रदेशसभाको बैठकमा यससम्बन्धी संकल्प पेस गरेका छन्। ‘प्रदेशको अधिकार दिनबाट संघीय सरकारले आनाकानी गरेको छ। केन्द्रमा बसेकाहरूले खाईपाई आएको अधिकार छाड्न मानेका छैनन्। त्यसैले प्रदेशसभाबाट यो प्रस्ताव पारित गरी मधेस सरकारलाई ऐन कार्यान्वयन गर्न बल पुगोस् भनेर प्रस्ताव पेश गराएको छु’, मन्त्री साहले भने, ‘संघ सरकारलाई
सिरहा,माघ २७ गते महोत्तरीका पिपरा गाउँपालिका वडा नं – ५ का वडा अध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ३५ लाख २१ हजार कायम गरी कायम गरी सार्वजनिक सम्पत्ति हानी– नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। अनुसन्धानमा उनले वडाध्यक्ष नहुँदै साविक सहोडवा गाविस वडा नं – ६ हाल पिपरा गाउँपालिका वडा नं ५ स्थित रहेको ठूलो सुब्बा पोखरी ठेक्का लिएका थिए। २०७१ साल भाद्र १ गते देखि ०७६ साल आषाढ मसान्तसम्मको ५४ लाख ६४ हजार सकार गर्ने वडाध्यक्ष यादवले २०७३ माघ ४ सम्ममा जम्मा १९ लाख ४२ हजार मात्र साविक सहो
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.